०३ असार २०८३, बुधबार

विद्यालयमा आगलागी, सुतिरहेका ११ को मृत्यु

कात्तिक २६, २०७५
विद्यालयमा आगलागी, सुतिरहेका ११ को मृत्यु

काठमाडौं– युगाण्डाको एउटा विद्यालयको छात्रावासमा भएको आगलागीमा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ । 
सुतिरहेका बेला भएको आगलागीका कारण अरु २० जना जलेर घाइते पनि भएको प्रहरी अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । 
विद्यालयका प्रधानाध्यापक हेनरी सुबुगाले घटनामा दोषी भएको आशङ्कामा केही विद्यार्थीहरुलाई नियन्त्रणमा लिइएको बताए । 
युगाण्डाको दक्षिणी क्षेत्रमा पर्ने राकैमा रहेको सेन्ट बर्नाड सेकेन्डरी स्कुलको छात्राबासमा आगलागी भएको हो । गत आइतबार राती आगलागी भएको समाचारमा जनाइएको छ । 
आगलागी गराउनेले बाहिरबाट ढोका बन्द गरिदिएर विद्यार्थीहरुलाई भित्र थुनेर बाहिर निस्कन नमिल्ने बनाएर आगलागी गराएको प्रहरीले जनाएको छ । 
बाहिरबाट ढोका बन्द गरिदिएकाले उद्धार गर्न पनि कठिनाई भएको प्रहरी अधिकारीहरुको भनाई छ । 

salt training

कमेन्ट गर्नुहोस्