२९ असार २०८३, सोमबार

नाइजेरिया : हैजाका कारण १७५ को मृत्यु, दश हजार प्रभावित

कात्तिक २७, २०७५
नाइजेरिया : हैजाका कारण १७५ को मृत्यु, दश हजार प्रभावित

लागोस-नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा फैलिएको हैजाको प्रकोपमा परी कम्तीमा १७५ जनाको मृत्यु भएको छ । अधिकारीहरूले सोमबार दिएको जानकारी अनुसार हैजाको प्रकोपबाट दश हजार भन्दा बढी प्रभावित भएका छन् । 
बोको हरामको हिंसाबाट पिडित भएकै क्षेत्रमा हैजाको प्रकोप फैलिएको नर्वेली शरणार्थी परिषद्ले जनाएको छ । 

मानवीय सहायता सम्वन्धी समूहहरूले उत्तरपूर्वी प्रदेशहरू अडामावा, बोर्नो र योबेमा हैजाको प्रकोप छिटो छिटो फैलिएको बताएका छन् । नोभेम्बर महिनाको सुरुवाती दिनहरूमै प्रकोप फैलिएको समाचारमा जनाइएको छ । 

“शरणार्थी शिविरहरूमा ठूलो भीडभाडका साथ एकै ठाउँमा बस्नु परेकाले हैजाको प्रकोप छिटो छिटो धेरैतिर फैलिएको हो,” बोर्नो राज्यको राजधानी मैडुगुरीमा एनआरसीका कार्यक्रम व्यवस्थापक जानेट चेरोनोले भन्नुभयो । 
उहाँले एकैठाउँमा बसेकाहरूका लागि पानी र सरसफाईको व्यवस्थापन राम्रो नहुँदा समस्या भएको बताउनुभयो । 

नाइजेरियामा बोको हरामका कारण सुरु भएको हिंसासँगै सन् २००९ देखि नै हैजाको प्रकोप फैलिने गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्