०७ असार २०८३, आइतबार

पप्पुको मुद्दा अघि बढाउन किन आलटाल ?

कात्तिक २७, २०७५
पप्पुको मुद्दा अघि बढाउन किन आलटाल ?

काठमाडौँ–पप्पु कन्स्ट्रक्सनका संस्थापक अध्यक्ष सांसद हरिनारायण रौनियारसहित १२ जनाविरुद्ध मुद्दा दायर भएको एक महिना पूरा भएको छ ।

 असोज १९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरे पनि मुद्दाको बाँकी प्रक्रिया अगाडि बढ्न सकेको छैन । विशेषले सम्बन्धित जिल्ला अदालतमार्फत् प्रतिवादीविरुद्ध अदालतमा हाजिर हुन आउन म्याद जारी गरे पनि प्रतिवादीहरुले म्याद बुझेका छैनन् । 

अख्तियारले सबै अभियुक्तलाई फरार सूचीमा राखेर मुद्दा दर्ता गरेको थियो । 

विशेष अदालतले मुद्दा दर्ता गरेको भोलिपल्टैदेखि सम्बन्धित जिल्ला अदालतद्वारा म्याद बुझाउने प्रक्रिया सुरु गरेको थियो । तर, एक महिनासम्म म्याद बुझेको जानकारी विशेष अदालतले पाएको छैन । गोरखापत्र दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्