१७ असार २०८३, बुधबार

लोकसेवा आयोगले तोक्यो खरिदारको लागि नयाँ शैक्षिक योग्यता

कात्तिक २०, २०७४
लोकसेवा आयोगले तोक्यो खरिदारको लागि नयाँ शैक्षिक योग्यता
काठमाडौं, २० फागुन - लोकसेवा आयोगले खरिदार पदको लागि नयाँ योग्यता तोकेका छ । अघिल्लो वर्षदेखि सरकारले एसएलसी परीक्षामा प्रतिशत हटाएर ग्रेड प्रणाली लागू गरेसँगै लोक सेवा आयेगले पनि खरिदार पदको लागि शैक्षिक योग्यता तोकेको हो ।

अघिल्ला वर्षहरुमा जस्तै एसएलसी पास गरेका व्यक्तिले लोकसेवा आयोगको जाँच दिन पाउने छन् । तर अब एसएलसीमा दुई वा दुई भन्दा माथि जिपिए ल्याउनु अनिवार्य छ । यो भनेको एसएलसीमा सी ग्रेडभन्दा माथिको ग्रेड ल्याउनुपर्ने हुन्छ ।

लोकसेवा आयोगले ‘ए प्लस’, ‘ए’, ‘बी प्लस’, ‘बी’, ‘सी प्लस’, ‘सी’ ग्रेड ल्याउनेले मात्रे जाँ दिन पाउने व्यवस्था गरेको छ । ‘डी प्लस’, ‘डी’ र ‘ई’ ग्रेड ल्याउनेले चाहिँ खरिदारको परीक्षा दिन पाउने छैनन् ।

salt training

कमेन्ट गर्नुहोस्