पुस ४, २०८०
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
हाम्रो समाजका हरेक व्यक्ति परिवार छोडेर श्रम गर्न जानु, बिहानदेखि बेलुकासम्म श्रम गर्नु, विदेशिनु लगायत सबै अवस्था सन्ततिको सुन्दर भविष्य निर्माणको लागि हो । बालबालिकालाई पिटिरहेको कुनै अभिभावकलाई सोध्यो भने पनि उसको भविष्यको चिन्ताले उसलाई सुधार्न वा राम्रो बनाउने उद्देश्यले पिटेको, बाँधेको, थुनेको भन्नुहुन्छ । हामी अभिभावक बालबालिकाप्रति कति धेरै संवेदनशील छौं प्रष्ट हुन्छ ।
अब प्रश्न आउँछ – हामीले बालबालिकाको भविष्यको लागि गरेको यतिधेरै मेहनत साँच्चिकै ठीक ढंगबाट उनीहरूमा पुगिरहेको छ त ? स्कूलमा शिक्षकले विद्यार्थीलाई सभ्य र दक्ष बनाउनको लागि हरदम प्रयास गरिरहनुभएको हुन्छ । हरेक समय विद्यार्थीलाई सम्झाउने, सहयोग गर्ने र पाठ्यक्रमले निर्देशित गरेको विषय विद्यार्थीसम्म पुर्याउन हरेक कोणबाट प्रयत्न गरी नै रहनुभएको हुन्छ । छिमेकी लगायत हरेक ठूला मानिसले बालबालिकालाई सहीमार्गमा हिँडाउनको लागि हरेक क्षण सल्लाह, सुझाव र निर्देशन दिई नै रहनुभएको हुन्छ ।
खेल्दा, बोल्दा, पढ्दा यतिसम्म कि उसको लुगा लगाइ, कपाल र हिँडाइमा पनि हरेकपल सुझाव दिई नै रहेको पाइन्छ । यसरी दिइने हरेक सुझाव मूलतः बालबालिकाले गरेका कार्यलाई नकारात्मक ढंगबाट मात्र देखेर गाली गर्दै सम्झाउने कार्यमा हुने गरेको देख्न पाइन्छ ।
बिडम्बना बालबालिकाले गरेका सकारात्मक कामको प्रसंसा ज्यादै न्यून हुने गर्छ । प्रसंसा भइहाल्यो भने पनि अरुको नक्कल गर्यो, कसैले सिकाएर गरेको हो, उसँग त्यस्तो क्षमता नै छैनजस्ता नकारात्मक पक्षलाई अगाडि ल्याउन प्रयत्न गरिएको पाइन्छ । यहाँ मनन् गर्नुपर्ने विषय भनेको नै बालबालिकाद्वारा गरिने कुनै पनि कार्य कसैबाट प्रभावित भएर वा राम्रो सुझाव र सहकार्यबाटै हुने हो । बालबालिकालाई सधै ठूला मानिसको सुझाव, सहयोग र हौसलाले नै राम्रा कार्य गर्न प्रेरित हुने हुन् ।
हामी बालबालिकासँग लामो समय बिताउँदै कुरा गर्छौ, खेल्छौं, रमाउँछौं । अझ बढी उनीहरूलाई सम्झाउँछौं, आफूले जानेका कुरा सिकाउँछौ, सुनाउँछौं । उनीहरूसँग समय बिताएको पत्तै पाउँदैनौं । कतिधेरै समय उनीहरूको बिचमै हराउँछौं । बालबालिकासँग बिताएका पल हामी र बालबालिकाको लागि साँच्चिकै महत्त्वपूर्ण हुने गर्छन् । यसरी बालबालिकासँग समय बिताउँदा, रमाउँदा हरेक अभिभावक आफैंमा रमाउँछन् । आफ्ना सबै दुःख पीडा भुल्छन् । त्यसैले त बालबालिकालाई भगवानको रुपमा लिने गरिन्छ ।
यसरी बालबालिकासँग बिताएका पललाई हरेक अभिभावक, संरक्षक र शिक्षकले बालबालिकाको लागि दिएको समय भन्ने गरिन्छ । वास्तवमा यो उनीहरूको लागि दिएको महत्त्वपूर्ण पनि समय हो । यहाँ उठाउनको खोजेको विषय उनीहरूसँग समय बिताइरहँदा हामीले उनीहरूको लागि गुणस्तरीय समय खर्च गरिरहेका छौं त ?
गुणस्तरीय समय के त ? शिक्षकले दैनिक रुपमा कक्षामा बालबालिकालाई अध्यापन गराइरहनुभएको छ । त्यसबेला कुनै एकजना बालबालिकाको व्यवहार, लेखन, भाषा, उच्चारण, प्रस्तुति, गृहकार्य, लवज, अनुहार तथा उसको ड्रेसमध्ये कुनैमा ख्याल गरौं । उसको सबैभन्दा राम्रो पक्षमा सबैको अगाडि प्रसंसा गरौं । उसमा देखिएको परिवर्तन वा अप्ठ्यारोपन वा कमीको पहिचान गरौं र त्यसबाट उसलाई बाहिर ल्याउन प्रेरित गरौं । यो हप्तामा कुनै २ दिन, २ देखि ३ मिनेटको समय पनि पर्याप्त हुनेछ । यही २ मिनेटको समय नै गुणस्तरीय समय हुनेछ ।
केही दिन अगाडि नन्दी मावि काठमाडौंकी प्राचार्य गीता काप्mलेसँग मेरो साक्षात्कार भएको थियो । उहाँसँगको कुराकानीको अंश यहाँ सान्दर्भिक हुनेछ । एकजना शिक्षकले छुट्टि लिएकाले ५ कक्षाको १ घण्टी खाली थियो । त्यहाँ अर्काे शिक्षकले विद्यार्थीलाई अक्षर राम्रो बनाउन र पाठ सम्झन सजिलो हुन्छ भनेर कुनै पाठ लेख्न लगाइरहनुभएको थियो ।
गीता पनि कक्षा कोठामा पुग्नुभयो र सबैले लेखिरहेको ध्यानपूर्वक हेर्नुभयो । १ जना विद्यार्थीले २ वटै लाइनलाई छुवाएर लेखिरहेका थिए । उनले कुनै लाइनलाई खाली छोडेका पनि थिएनन् । हेर्दै गुजुमुजु र नबुझिने थियो । तत्कालै गीताले मोबाइलबाट फोटो खिच्नुभयो । त्यसपछि विद्यार्थीलाई माथिको लाइनमा मात्र छुवाएर लेखेर देखाउनुभयो र त्यसैगरी लेख्न प्रेरित गर्नुभयो । त्यसको १० मिनेटपछि पुनः विद्यार्थीको कापी हेरेर फोटो खिच्नुभयो । बालकको लेखाइमा ५० प्रतिशत सुधार भइसकेको थियो । यसरी उहाँले १ महिना उसलाई प्रोत्साहित गर्दै लेखाइमा सुधार ल्याउन प्रेरित गरेर हाल उसको लेखाइमा पूर्णसुधार भएको छ । वास्तवमा गुणस्तरीय समय भनेको यही नै हो । १ कक्षादेखि नै उसले त्यस्तै लेख्दै आएको थियो र हरेक दिन होमवर्क पनि गरेको थियो । यसलाई धेरै पटक गाली गरियो होला । तर उसको लेखनमा सुधारको लागि कसैको ध्यान नपुगेरै होला ... ?
कुनै विद्यार्थीको उच्चारण राम्रो छैन । कुनै लेख्दा आकार, उकार, इकार आदि छुटाउँछ । त्यसमा ध्यान दिएर उसलाई लेख्दा ध्यान दिन प्रेरित गरौं । देख्दा सामान्य तर १ जना बालबालिकाको लागि समस्या पहिचान र त्यसबाट बाहिर आउन दिएका सीप नै उसको लागि राम्रो अवसर बन्छ ।
अभिभावक वा शिक्षक जोसुकैले बालबालिकाले लेखेको हेरेर मात्र पुगेन, कुन पक्ष राम्रो हो त्यसको पहिचान गरौं र त्यसमा स्यावासी दिऊ । कमी कमजोरीमा सुधार गर्न प्रेरित गरौं र साथ दिऔं । हामी कुनै गल्ती गर्दा तत्कालै लामो प्रवचन दिन सक्छौं । गाली गर्न ५–१० मिनेट खर्च गर्न सक्छौं । तर उसलाई प्रेरित गर्न हामीसँग समय नभएको कुरा सजिलै व्यक्त गर्दछौं ।
हामीलाई कसैले कुनै दोष लगाएको बेला वा अरु कसैको अगाडि आफूभन्दा ठूलाले गाली गर्दा हाम्रो मष्तिस्कले उसले दिएको उपदेश वा गालीले कुनै असर गरेको हुन्छ ? अवश्य हुँदैन । त्यसैगरी बालबालिकालाई पनि कुनै पनि घटना भएकै बेला वा हामी उनीहरूप्रति नकारात्मक हुँदै सम्झाउनु भनेको व्यर्थ समय खेर फाल्नु हो । कुनै पनि बालबालिकालाई सम्झाउँदा वा उनीहरूसँग कुराकानी गर्दा पहिले आफैं सकारात्मक भावनाका साथ उपस्थित भएको हुनुपर्छ ।
बालबालिकामा पनि सहज अवस्थामा सकारात्मक पक्षको चर्चा गर्दै कुनै कमी कमजोरीबारे सहजताका साथ कुराकानीको थालनी हुनुपर्छ । जब सकारात्मक सोचका साथ कुराकानी अगाडि बढ्छ, परिणाम पनि सकारात्मक हुनेछ । यो नै वास्तवमा सार्थक वा गुणस्तरीय समय हुनेछ ।
बालबालिकाको साथमा सधैं बस्नु, खानु, सुत्न, खेल्नु, खुवाउनु पनि बालबालिकाको लागि दिएको महत्त्वपूर्ण समय हुन् । तर कहिलेकाहीँ हामी अभिभावक बालबालिकाले खाँदैन भनेर यो चिसोमा १ घण्टा घुमाइ–घुमाई खाना खुवाउने गर्छौ । हामीले खुवाउँदै गरेको खाना यति चिसो भइसकेको हुन्छ, सोही खानाले बालबालिकालाई चिसो लागेर निमोनिया वा पखालाजस्ता रोग लाग्ने अवस्थासम्म आउँछ । हामीले माया गरेको हो । तर पनि उसलाई गरेको मायाले उसैलाई बिरामी बनाउन सघाउ पुर्याएको हुन्छ ।
हामीले बालबालिकाको बोली, अनुहार र उसले गर्ने हरेक व्यवहार, चालचलन, सीप, क्षमता, राम्रो पक्ष तथा कमी कमजोरीलाई सुक्ष्म ढंगबाट नियालौं । उसमा आएको परिवर्तन वा तनावलाई आत्मसात गरौं । यदि तपाईले वास्तवमै उसलाई सुनेर उसको साथमा गुणस्तरीय समय खर्च गर्नुभएमा उसका राम्रा पक्षलाई बढाउँदै लैजानुपर्छ र सुधार गर्नुपर्ने पक्षलाई सजिलै पहिचान गर्न सकिने छ । जब समस्याको पहिचान गर्न बालबालिका र तपाई सफल हुनुहुनेछ ।
त्यसपछि उसलाई ती समस्याबाट निस्कन प्रेरित गरौं, हौसला दिउँ र सहयोगी बनौं । बालबालिकाका साथमा समय बिताइरहेका बेला उनीहरूका लागि गुणस्तरीय समय दिऔं । अब हामीले बालबालिकाको राम्रो पक्षको अझ विस्तार र सुधार गर्नुपर्ने पक्षको सुधारको प्रारम्भ हुनेछ ।
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...