अफ्रिका जंगली हात्ती सबैभन्दा कम सुत्नेवाला स्तनधारी जनावर हो ।
एक अध्ययनका अनुसार वैज्ञानिकले जनावरको सुत्ने वानीको पत्ता लगाउन अफ्रिकी देश बोत्सवानकामा दुई हात्तीमाथि निगरानी राखेको छ ।
अध्ययनका अनुसरा चिडियाखानामा हात्ती सधै चार देखि ६ घण्टा सुत्छन् । तर आफ्नो प्राकृतिक आवास जंगलमा दिनमा दुई घण्टाको सुताइले उसलाई पुग्छ ।यी हात्ती रातको समयमा मात्र सुत्छन् ।
वैज्ञानिकले दुई हात्तीमा आफ्नो अनुसन्धान गरेका थिए, जो आफ्नो झुण्डका नेता थिए ।