३१ जेठ २०८३, आइतबार

उद्योग संगठन मोरङले मनायो गोल्छाको नवौं स्मृति

उद्योग संगठन मोरङले मनायो गोल्छाको नवौं स्मृति

विराटनगर–  उद्योग संगठन मोरङका पूर्व अध्यक्ष स्व. महेन्द्र गोल्छाको नवाै‌ं वार्षिक स्मृतिमा उद्योग संगठन मोरङले बिविध कार्यक्रम गरेको छ । गोल्छाको स्मृतीमा संगठनका अध्यक्ष भीम घिमिरेले स्व. महेन्द्र गोल्छा शालिन र उद्योगी/व्यवसायीका लागि प्रेरणाको श्रोत भएको बताए । अध्यक्ष घिमिरेले स्व. गोल्छा औद्योगिक समस्या समाधानमा सदैव सक्रिय रही व्यवस्थापन र मजदुरका बीच सुमधुर सम्बन्ध स्थापना गर्न सदैव सफल व्यक्तित्वका रुपमा रहेकोले पछिसम्म स्मरणमा रहने बताए ।   गोल्छाले राष्ट्रकै उद्योग/व्यवसाय क्षेत्रमा पुर्‍याएको योगदान चीर स्मरिणिय रहने बताउँदै अध्यक्ष घिमिरेले आर्थिक क्षेत्रको विकास लागि उठाएका कुराहरु सान्दर्भिक भएको उल्ले गरे ।  स्व. गोल्छाले संगठनको विकास विस्तार र  उत्थानमा पुर्‍याएको योगदान कै कारण सगठन पूर्वाञ्चलकै निजी क्षेत्रको नेतृत्वदायी संस्थाको रुपमा  अहिले स्थापित भएको स्मरण गरे । 
 

नवाै‌ं स्मृतिमा संगठनका अध्यक्ष, पूर्व अध्यक्ष, उपाध्यक्ष्ँ, कार्यकारिणी समिति सदस्यहरुले कोशी अञ्चल अस्पतालका शैयामा रहेका तीनसय विरामीहरुलाई फलफूल वितरण गरेका थिए । त्यस्तै अशोक चोक स्थित विराटेश्वर वृद्धा आश्रममा खाद्यान्न वितरण गरी त्यहा रहेका एकाउन्नजना वृद्धहरुका लागि सहभोज गरिएको उद्योग संगठन मोरङले जनाएको छ । 

स्मृति कार्यक्रमका संयोजक सुवोध कोईरालाले नवाै‌ं स्मृतिमा मंसिर महिना भित्र अन्तर उच्च माध्यमिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिताका साथै वैकर्स र उद्योगी/व्यवसायी वीच मैत्रीपूर्ण क्रिकेट खेलको आयोजना गरिने जानकारी दिए । 

उद्योग संगठन मोरङको हाताभित्र अबस्थित स्व. गोल्छाको शालिकमा उद्योग संगठन, मोरङका अध्यक्ष भीम घिमिरे, पूर्व अध्यक्ष सुशिल धनावत, दिनेश गोल्छा, शिवशंकर अग्रवाल लगायत उपाध्यायहरु एवं संगठनका कार्यकरिणि समिति सदस्यहरुले माल्यार्पण  गरेका थिए । 

स्मृति कार्यक्रममा संगठनका उपाध्यक्ष प्रदीप मुरारका, राजकुमार गोल्छा, राकेश सुराना, कार्यकारिणी समिति सदस्य सुरेन्द्र गोल्छा, नन्दकिशोर राठी, सुवोध कोईराला, तारा निरौला, विपिन कावरा, विनोद पौडेल, प्रतिभा रिजाल ओली, महिला उद्यम समिति सचिव रिता पोखरेल लगायतको सहभागिता रहेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्