
बझाङ– नुहाउने क्रममा सेती नदीमा बेपत्ता भएका शशत्र प्रहरी बलका जवानको १७ दिनपछि सव फेला परेको छ ।
कात्तिक १५ गते (विहीवार) सेती नदीमा नुहाउने क्रममा कञ्चनपुरको बेलौरी स्थायी घर भएका वर्षीय राजेन्द्र बुढा बेपत्ता भएका थिए ।
बेपत्ता भएका बुढाको खोजीका लागी काठमाडौंदेखि गोताखोरको टोली बझाङ पुगेको थियो । सदरमुकाम चैनपुरको भएर बग्ने सेती नदीमा नुहाउने क्रममा बुढा बेपत्ता भएका थिए ।
बुढा बेपत्ता भएको दिनदेखि नै उनको खोजीका लागि सशस्त्र प्रहरीको टोली परिचालन भएको थियो । १७ दिनपछि (आइतवार) दिउँसो उनी बेपत्ता भएको ठाउँबाटै शव निकालिएको जनाइएको छ ।