
काठमाडौं– महालेखा परीक्षक टंकमणि शर्माले विभिन्न मन्त्रालय र विकासे अड्डामा कार्यरत लेखा अधिकृतका कारण बेरुजु रकम बढ्दै गएको बताएका छन् । सार्वजनिक वित्तीय व्यवस्थापनसम्बन्धी राष्ट्रिय गोष्टी कार्यक्रममा बोल्दै शर्माले यस्तो बताएका हुन् ।
अर्थ मन्त्रालयबाट हुने भुक्तानीमा अनियमितता हुने गरेको र धेरैजसो भुक्तानी स्पष्ट रुपमा नभएको पनि महालेखा परीक्षक शर्माको भनाइ छ ।
ठूलो बजेटका योजनाको भुक्तानी दिइएको केही भौचर अध्ययन गर्दा स्पष्ट विषय उल्लेख नै नगरी ‘माथिको आदेशभन्दै चेक काटिएको’ शर्माले बताए ।
पछिल्लो समयको बेरुजुमध्ये ४५ प्रतिशत रकम लेखा अधिकृत सचेत नभएका कारण आएको शर्माको भनाइ थियो ।
पछिल्लो समय वित्तीय व्यवस्थापनतर्फको काम सुधार हुन नसकेको भन्दै यसको नियमनको पाटोमा समस्या देखिएको पनि शर्माले बताए ।
उनले यसरी भइरहेको भुक्तानीमा फिल्ड अफिसको भन्दा केन्द्रमा नै बढी अनियमितता भेटिने गरेको बताए ।
*यसअघि सम्प्रेषित समाचारमा केही तथ्यगत त्रुटि भएकाले सच्याइएको छ– सम्पादक