३० जेठ २०८३, शनिबार

मोदीले दान गरेको चन्दन सोमवारदेखि पशुपतिनाथमा चढाइने

मोदीले दान गरेको चन्दन सोमवारदेखि पशुपतिनाथमा चढाइने

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्रदामोदरदास मोदीले चार वर्षअघि पशुपतिनाथ मन्दिरमा विशेष पूजा गर्दा दिएको श्रीखण्ड चन्दन हरि बोधिनी एकादशीका अवसरमा सोमबारदेखि चढाइने भएको छ । 

विसं २०७१ साउन १८ गते पशुपतिनाथ मन्दिरमा विशेष पूजा गरेपछि भारतीय प्रधानमन्त्री मोदीले दुई हजार ५०० किलोग्राम श्रीखण्ड चन्दन अर्पण गरेका थिए । पशुपतिनाथ र वासुकीनाथ मन्दिरलाई श्रीखण्ड चन्दन चढाएपछि सोमबारदेखि नै भक्तजनलाई पनि मोदीले नै अर्पण गर्नुभएको चन्दन वितरण गरिने पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए । 

सोमबारदेखि भित्र र बाहिर एकै किसिमको चन्दन वितरण गरिने पनि उनले बताए । यसअघि भित्र र बाहिर फरकफरक चन्दन वितरण भएको गुनासो भक्तजनबाट आउने गरेको थियो । वर्षमा २५० किलो चन्दन भक्तजनलाई वितरण गर्ने कोषले जनाएको छ । वर्षभरका विशेष पर्व एवं मेलामा १५० किलो चन्दन लाग्छ । 

पशुपतिनाथ मन्दिरमा चढाउन हाल गुठी संस्थान र कौशीतोषाखानाले अढाई/अढाई किलो गरी मासिक पाँच किलो चन्दन कोषलाई दिने गरेको सदस्य सचिव ढकालले सुनाए । त्यसले नपुग्ने भएकाले महीनामा एक किलो मोदीले दिएको चन्दनबाट पशुपतिनाथ मन्दिरलाई थपिनेछ । बाह्र किलो चन्दन पशुपतिनाथलाई वार्षिक रुपमा थपिनेछ । वासुकीनाथलाई वार्षिक छ किलो गरी ४१८ किलो चन्दन वर्षमा खर्च हुनेछ । यो चन्दन छ वर्षसम्मलाई पुग्ने जनाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्