
काठमाडौं — बलिउड अभिनेता वरुण शर्मा असल मानिस हुन् । उनी कुकुरलाई असाध्यै माया गर्छन् ।
वरुणले चण्डीगढमा भुस्याहा कुकुरहरूका लागि स्वीटर र मोजा किनेका छन् । जाडो बढेपछि बिजगमा परेका कुकुरहरूलाई चिसो खप्न सजिलो होस् भनी उनले न्यानो कपडा किनिदिएका हुन् ।
वरुणले एक बयानमा भने, ‘जनावरको कुरै छोडिदिऊँ, हामी मानिसले पनि चिसो खप्न गाह्रो भइरहेको छ । तापक्रम आठ डिग्रीमा झर्दा जनावरहरू वास्तवमै असहज अनुभव गर्न थाल्छन् । यिनीहरूका लागि केही गर्नुपर्छ भन्ने मैले सोचें ।’
‘उनीहरूका लागि मैले केही स्वीटर र मोजा किनें । यसले उनीहरूलाई चिसो खप्न मद्दत गर्ने मेरो आशा छ ।’
फिल्म 'छिछोरे'को शूटिङमा व्यस्त वरुण केही दिनका लागि आरा मगर्न परिवारसँग चण्डीगढ पुगेका छन् । नितेश तिवारीले बनाएको यो फिल्म सन् २०१९ को ३० अगस्टमा सार्वजनिक हुँदैछ ।
एजेन्सी