२२ जेठ २०८३, शुक्रबार

मुसोले हावाकावा खेलायो बिरालोलाई (भिडियो)

मुसोले हावाकावा खेलायो बिरालोलाई (भिडियो)

काठमाडौं — मुसो सामान्यतया बिरालोसँग औधी डराउँछ । तर अहिले सामाजिक सञ्जालमा यस्तो भिडियोभाइरल भइरहेको छ जसमा मुसोले बिरालोलाई खेदेको देख्न पाइन्छ । 

मुसोको बहादुरी देखेर मानिसहरू खुबै रमाइरहेका छन् । 

भिडियो कहाँको हो थाहा हुन सकेको छैन तर यसलाई हेरेर रमाइलो चाहिँ हुन्छ । भिडियोमा एउटा बिरालो सडकमा निस्कन्छ र सडक पार गरेर फूटपाथमा भेटिएको मुसोलाई झम्टिन खोज्छ । 

तर मुसो बिरालोसँग डराउनुको साटो उससँग प्रतिस्पर्धा गर्छ र बिरालो नभागुन्जेल खेदिरहन्छ । 

भिडियोलाई फेसबूकमा लाखौंले हेरिसकेका छन् ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्