२१ जेठ २०८३, बिहीबार

डिभोर्स भएपछि दिइन् यी महिलाले पार्टी, डढाइन् बिहेको कपडा (भिडियो)

डिभोर्स भएपछि दिइन् यी महिलाले पार्टी, डढाइन् बिहेको कपडा (भिडियो)

काठमाडौं — लामो समयसम्म वैवाहिक बन्धनमा रहेका जोडीको डिभोर्स हुँदा दुवैमा मानसिक तनाव आउनु सामान्य कुरा हो । त्यो तनाव हटाउनका लागि मानिसहरू फरक फरक काम गरिरहेका हुन्छन् । 

तर एक महिलाले पारपाचुकेपछि गरेको काम शायद कसैले गर्ला । ती महिलाले रुनुको साटो साथीहरूसँग मज्जाले पार्टी गरेकी छन् । 

अमेरिकाको टेक्सासमा बस्ने ४३ वर्षीया बर्ली स्यान्ट्लीबेन–स्टिटलेरले डिभोर्सको पार्टी दिइन् र पार्टीमै बिहेको कपडा पनि डढाइदिइन् । 

पार्टीमा बिहेको गाउन डढाउने आइडिया उनका पिताले दिएका थिए । उक्त ड्रेसलाई एक्सप्लोडिङ टार्गेटका साथ डढाउन उनले सल्लाह दिएका थिए । कपडा विस्फोटका साथ जलाउँदा टाढासम्म आवाज सुनिएको थियो । 

स्टिटलेरले साथी र परिवारबाट यो कपडा दानमा दिन सल्लाह आएको भएपनि कपडामा सम्बन्धको झूट देखिएकाले त्यसलाई डढाएर पार्टी दिने सोच आफूमा आएको बताइन् । उनकी बहिनीले पार्टीका तस्वीर फेसबूकमा हालेपछि
भाइरल भयो । पार्टीको भिडियो पनि बनेको छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्