२३ जेठ २०८३, शनिबार

दश खेलाडीमा सीमित सङ्कटासँग पनि हार्‍यो जावलाखेल

दश खेलाडीमा सीमित सङ्कटासँग पनि हार्‍यो जावलाखेल

काठमाडौं –शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगताअन्तर्गत आज सम्पन्न खेलमा सङ्कटा क्लब विजयी भएको छ । 

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा सङ्कटाले जावलाखेल युथ क्लबलाई २–० गोलअन्तरले पराजित गरेको हो । सङ्कटा प्रतियोगितामा लगातार दोस्रो पटक विजयी भएको हो । यसअघि सङ्कटाले सरस्वती युथ क्लबलाई १–० गोलअन्तरले हराएको थियो । 

सङ्कटाका लागि विदेशी खेलाडी सेड्रिक अबाले खेलको ५७औंँ मिनेटमा गोल गरेका हुन् । खेलको १९औँ मिनेटमा एलोन म्यास्कवेलले रातो कार्ड पाएपछि सङ्कटा १० खेलाडीमा सीमित बनेको थियो ।

खेलको ८५औँ मिनेटमा सेड्रिकले दोस्रो गोल गरे । उनी म्यान अफ द म्याचसमेत भए । जीतसँगै सङ्कटाले ६ अङ्क जोडेको छ । जावलाखेलको यो दोस्रो हार हो ।

पहिलो खेलमा जावलाखेल नेपाल पुलिस क्लबसँग १–० गोलले पराजित भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्