०६ असार २०८३, शनिबार

कतारमा आत्महत्या गरेका नेपालीको शव दूतावासको पहलमा पठाइयो

कतारमा आत्महत्या गरेका नेपालीको शव दूतावासको पहलमा पठाइयो

काठमाडौं– वैदेशिक रोजगारीका क्रममा कतारमा रहेका एक नेपालीले आत्महत्या गरेका छन् । कतारको एक्वा मास्र्ट कम्पनीमा बिगत ५ वर्षदेखि कार्यरत काठमाडौ जोरपाटी अत्तरखेलका ४६ वर्षीय इमानसिंह जिम्बाले गत सोमबार कम्पनीको होस्टल नजिकैको रुखमा झुन्डिएर आत्महत्या गरेको हुन् । 

गत मार्चमा ३ महिनाको घरबिदा सकेर पुनः कतार पुगेका जिम्बा बिगत ५ महिनादेखि कम्पनीले तलब नदिएपछि तनावमा थिए । 

रोजगारीका लागि साइप्रस पुगेका भाइको उतै निधन भएपछि २०१० जिम्बा कतार पुगेका थिए । तर कम्पनीले लामोसमय वित्दापनि तलब नपाएपछि मानसिक तनावका कारण उनले आत्महत्या गरेको अनुमान गरिएको छ ।

कतार स्थित नेपाली दूतावासले मृतक इमान सिंह जिम्बाको शव कात्तिक १७ गते नै नेपाल पठाइसकिएको जनाएको छ । सम्बन्धित निकायसँग समन्वय गरी जिम्बाले पाउनुपर्ने तलब समेत परिवारलाई पठाइसकेको नेपाली राजदूतावास दोहाले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्