२१ जेठ २०८३, बिहीबार

कर्णाली सरकार आयोग गठनको तयारीमा

मंसिर ४, २०७५
कर्णाली सरकार आयोग गठनको तयारीमा

सुर्खेत– कर्णाली प्रदेशको सरकार आयोग गठनको तयारीमा लागेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न आयोगहरु गठन गरी विकास निर्माणमा सरिक हुने निर्णण गरेको हो । बैठकले कर्णाली प्रदेश कानुन आयोग गठन सम्वन्धी आदेश २०७५ स्वीकृत गर्ने भएको छ । 

जसमा ७ सदस्य रहनेछन् । कानुन आयोगमा अध्यक्ष– १, सरकारले नियुक्त गर्ने सदस्य–२, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कानून सचिव, आन्तरिक मामिला तथा कानून मन्त्रालयको सचिव, मुख्यन्यायधिवक्ता गरि पदेन सदस्य–३ र आन्तरिक मामिला तथा कानून मन्त्रालयको कानून महाशाखा प्रमुख सदस्य सचिव रहने व्यवस्था गरिएको छ ।

त्यस्तै विकास निर्माणलाई पुर्णता दिने र प्रदेश समृद्धिको योजना कोर्ने मुख्य ध्येयका साथ सरकारले योजना आयोग गवठनको तयारी गरेको छ । बैठकले कर्णाली प्रदेश योजना आयोग (गठन तथा कार्यसंचालन) आदेश २०७५ स्वीकृत गर्ने निर्णय गरेको छ ।

आयोग ६ सदस्यीय हुनेछ भने प्रदेश योजना आयोगमा मुख्यमन्त्री अध्यक्ष, सरकारले नियुक्त गर्ने उपाध्यक्ष–१, सरकारले नियुक्त गर्ने सदस्य–२, प्रदेश सरकारको प्रमुख सचिव पदेन सदस्य र आर्थिक मामिला तथा योजना मन्त्रालयको सचिव सदस्य सचिव रहने व्यवस्था गरिएको सरकारका प्रवक्ता भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिइन् ।

मन्त्रिपरिषद्को बैठकले अस्पत्ताल व्यवस्थापन समिति गठन आदेश, २०७५ स्वीकृत गर्ने र उक्त समिति ७ सदस्यीय हुने बताइएको छ । सरकारले कर्णाली प्रदेशको पर्यटन प्रवद्र्धनका लागि कर्णाली पर्यटन वर्ष २०७५ अन्तरगत से–फोक्शुण्डोमा यही मंशीर ११ र १२ गते हुने महोत्सव लगायतका कार्यक्रमका लागि प्रमुख आतिथ्यता ग्रहण गर्न उपराष्ट्रपतिलाई आमन्त्रण गर्ने निर्णय भएको प्रवक्ता केसीले जानकारी दिइन् ।

salt training

कमेन्ट गर्नुहोस्