२८ जेठ २०८३, बिहीबार

प्रदेश नं २ मा मंसिर ५ गते (भोलि) सार्वजनिक बिदा

प्रदेश नं २ मा मंसिर ५ गते (भोलि) सार्वजनिक बिदा

धनुषा –प्रदेश नं २ सरकारले पैगम्बर मोहम्मदको जन्म दिन मंसिर ५ गते सार्वजनिक बिदा दिने भएको छ । सो प्रदेशका आठवटै जिल्लामा उक्त दिवसको अवसरमा बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ । 

सो दिवसको अवसरमा प्रदेश नं २ को सम्पूर्ण सरकारी कार्यालय, संस्थान र शिक्षालयमा बिदा दिने सो मन्त्रालयका शाखा अधिकृत वसन्त न्यौपानेद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ । 

प्रदेशसभा बैठक ४० दिनपछि 

प्रदेशसभाको चालु अधिवेशनको बैठक ४० दिनपछि मंसिर ७ गते बस्ने भएको छ । असोज २८ गते स्थगन भएको अधिवेशन लामो अन्तरालपछि बस्न लागेको हो । 

मंसिर ७ गते संसद्को बैठक डाकिएको प्रदेश सभामुख सरोजकुमार यादवले बताउनुभयो । । सरकारले केही बिल टेबुल गराएकाले संसद्मा विजनेश रहेको सभामुख यादवले बताए ।

अन्य प्रदेशमा दोस्रो अधिवेशन समाप्त भइसकेको छ । बजेट अधिवेशन समाप्त भई हिउँदे अधिवेशन प्रारम्भ हुने समय नजिकिएको बेला प्रदेश नं २ मा भने जारी नै रहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्