२१ जेठ २०८३, बिहीबार

मुलुककै सर्वाधिक धनराशीको डीपीएलको लागत ५ करोड, निर्देशकमा विनोद दास

मंसिर ४, २०७५
मुलुककै सर्वाधिक धनराशीको डीपीएलको लागत ५ करोड, निर्देशकमा विनोद दास

धनगढी – तेस्रो सिजन अन्तर्गत धनगढीमा हुने सर्वाधिक धनराशीको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) को लागत ५ करोड रुपैयाँ हुने भएको छ ।

देशभरका ६ वटा फ्रेन्चाइजी टोलीको सहभागिता रहने सो क्रिकेट प्रतियोगिता माघ १९ देखि फागुन ४ गतेसम्म धनगढीको फाप्ला क्रिकेट मैदानमा हुने भएको छ ।

प्रतियोगिताको निर्देशकमा यू–१९ राष्ट्रिय टोलीका प्रशिक्षक विनोद दास नियुक्त भएका छन् । आयोजक धनगढी क्रिकेट एकेडेमीले मंगलबार विज्ञप्ति जारी गर्दै दासलाई प्रतियोगिता निर्देशकको रुपमा नियुक्त गरेको जानकारी दिएको हो ।

विज्ञप्तिमा उल्लेख छ, ‘निर्देशकका रुपमा दासको अनुभव र उहाँको निर्देशनले प्रतियोगिताले थप उचाइ लिने विश्वास लिएका छौं ।’ डीसीएलका अध्यक्ष सुवास शाहीका अनुसार डीपीएलको दोस्रो संस्करणमा सहभागी टीम चौराहा धनगढी, सीवाईसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाइटेड, काठमाडौं गोल्डेन्स र विराटनगर किंग्स टोलीलाई प्राथमिकता दिइने छ । तर टोलीको घोषणा भने छिट्टै गरिने उनले बताए ।

डीपीएलका प्रत्येक टीममा १५—१५ खेलाडी हुनेछन् । त्यसमा २ विदेशी र धनगढीमा हुने ट्यालेन्ट हन्टबाट आएका सुदूरपश्चिमका १ खेलाडी प्रत्येक टीममा अनिवार्य समावेश गर्नुपर्ने प्रावधानलाई निरन्तरता दिइएको छ ।

प्रतियोगितामा १९ खेल हुनेछन् । प्रतियोगिता टी–२० को आधारमा हुनेछ । लिग चरणमा प्रत्येक टीमले अरु टीमसँग १–१ खेल खेल्ने छन् । शीर्ष ४ टोली प्लेअफमा पुग्नेछन् । त्यसमा पहिलो र दोस्रो हुने टीमको विजेता फाइनल पुग्नेछ । त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टीमसँगको विजेतासँग फाइनल प्रवेशको लागि खेल्ने छ ।

गत संस्करणको मुख्य प्रायोजक विजय डिस्टिलरीको रुस्लान क्रिकेटले डीपीएललाई यस वर्ष पनि मुख्य प्रायोजनको निरन्तरता दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्