×

NMB BANK
NIC ASIA

काठमाडौं –सरकारले चिनीको आयात रोक्ने निर्णय गर्दा आर्थिक चलखेल भएको सांसदहरूले बताएका छन् । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सांसदहरूले सरकारले चिनीको आयातमा रोक लगाउने निर्णय गर्दा सरकारी अधिकारी र चिनी उद्योगीबीच आर्थिक चलखेल भएको बताएका हुन् ।

Muktinath Bank

चिनीको मूल्य बढेको सन्दर्भमा अध्ययन गर्न सार्वजनिक लेखा समितिअन्तर्गत गठित उपसमितिका संयोजक लेखराज भट्टले आपूर्ति मन्त्रालय, कृषि मन्त्रालय, उखु किसान, उपभोक्ता अधिकारकर्मी लगायतका पक्षसँग छलफल गर्दा कतै न कतै आर्थिक चलखेल भएको बुझिएको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हामीलाई अध्ययनका लागि छोटो समय दिइएको थियो । छोटो समयमै हामीले वाणिज्य मन्त्रालय, कृषि मन्त्रालय, उपभोक्ता अधिकारकर्मी, उखु किसानसँग छलफल गर्‍यौं,’ उनले भने, ‘त्यस क्रममा काहीँ न काहीँ आर्थिक चलखेल भएको बुझिएको छ ।’


Advertisment
Nabil box
Kumari

पूर्व आपूर्ति मन्त्री समेत रहेका सांसद भट्टले आफू संयोजकत्वको टोलीले बनाएको प्रतिवेदन सरकारले कार्यान्वयन गर्नुपर्ने बताउँदै प्रतिवेदन कार्यान्वयनमा नआए उखु किसानले दुःख पाइराख्ने बताए । चिनीको विषयमा सार्वजनिक लेखा समितिले सम्बन्धित अधिकारीहरूलाई समितिमै बोलाएर कडा निर्देशन दिनुपर्ने समेत उनले बताए ।

Vianet communication

उपसमितिले बनाएको प्रतिवेदनमा बजारमा चिनीको खुद्रा मूल्य ६३ रुपैयाँ कायम गर्न निर्देशन दिनुपर्ने औंल्याइएको छ । त्यस्तै  संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारलाई विभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरूको सहभागितामा निरन्तर बजार अनुगमन गर्न समेत निर्देशन दिनुपर्ने सुझाव प्रतिवेदनमा छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत रहने गरी अधिकार सम्पन्न उपभोक्ता संरक्षण विभाग गठन गरी सोही विभागमार्फत् कारवाही प्रक्रिया अगाडि बढाउन निर्देशन दिनुपर्ने समेत प्रतिवेदनमा उल्लेख छ ।

सरकारले आयातमा लगाएको प्रतिबन्ध हटाउन समेत सार्वजनिक लेखा समितिले निर्देशन दिनुपर्ने उपसमितिले प्रतिवदेनमा औंल्याएको छ ।

‘चिनी पैठारीमा लगाइएको पूर्ण बन्देज हटाउने, परिमाणात्मक बन्देजलाई बजारको मूल्यस्थिर राख्नका लागि आवश्यक परिमाणको चिनीको आयात खुला गर्ने रणनीति तय गर्ने,’ प्रतिवेदनमा भनिएको छ , ‘भन्सार दरमा समयानुकूल पुनरावलोकन गर्ने र परिमाणात्मक बन्देजलाई बजारको माग र आपूर्तिसँग सन्तुलन गराउने रणनीति तय गर्ने ।’

त्यस्तै नेपालमा उत्पादन हुने चिनीको निर्यात गैर कानुनी रूपमा भइरहेको र त्यसमा कडाइ गरी किसानले उत्पादन गरेको उखु समयमै उद्योगीमार्फत् खरिद गर्ने व्यवस्था मिलाउनु पर्ने समेत प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सार्वजनिक लेखा समितिका सभापति भरत शाहले अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालय र कृषि मन्त्रालयका अधिकारीहरूलाई बोलाएर आवश्यक निर्देशन दिइने बताए ।

सांसद विरोध खतिवडाले विदेशबाट आयात हुने चिनीको तथ्याङ्क नभेटिएको भन्दै आवश्यकताका आधारमा चिनीको आयात हुनुपर्ने र मूल्य निर्धारणका लागि समेत गहिरो अध्ययन हुनुपर्ने बताए ।

कृषि मन्त्रालय नै खारेज गर्न माग

उपसमितिले तयार पारेको प्रतिवेदन समितिमा पेश गर्न मंगलबार बसेको बैठकमा कृषि मन्त्रालय खारेज गर्नुपर्ने माग समेत उठेको छ । सांसद हृदयेश त्रिपाठीले कृषि मन्त्रालय कामविहीन बनेको भन्दै उक्त मन्त्रालय खारेज गर्न माग गरे ।

कृषि मन्त्रालयका लागि बजेट बढी विनियोजन भएपनि १८ प्रतिशतमात्रै काम हुने गरेको भन्दै उनले कृषि मन्त्रालय खारेज गर्न माग गरे । सबैभन्दा बढी कर्मचारी विदेश भ्रमणमा कृषि मन्त्रालयबाटै जाने गरेको उल्लेख गर्दै त्रिपाठीले अन्य तामझाममा समेत कृषि मन्त्रालयमा बढी खर्च हुने गरेको बताए ।

‘सबैभन्दा बढी विदेश भ्रमणमा कृषि मन्त्रालयबाटै जाने गर्छन्,’ उनले भने, ‘त्यसबाहेक सरकारले किसानलाई उपलब्ध गराउने अनुदान किसानकहाँ कहिल्यै पुग्दैन, यो मन्त्रालय नै खारेज गर्नुपर्छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x