
काठमाडौं – डिश मिडिया नेटवर्क लिमिटेडले नेपाली समाजका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टेलिभिजन च्यानलका साथै आपैmले प्रवद्र्धन गरेका उत्कृष्ट च्यानलहरु प्रशारण गरिरहेको छ ।
डिशहोम आफैले प्रवद्र्धन गरेका च्यानलमध्ये पनि रमाइलो टीभीले दर्शकहरुको मन जित्न सफल भएको सर्वविदितै छ ।
रमाइलो टेलिभिजनमा हाल प्रशारण भइरहेका कार्यक्रमहरु जस्तै आनन्दी, जड्यौरी, लोक भाका, मेरो कथा, म्युजिक इभ, झुम्की, ग्रहफलजस्ता कार्यक्रम दर्शकमाझ अत्यन्त रुचाईएका छन् ।
रमाईलो टिभिका दर्शकहरुलाई अझ भरपुर मनोरञ्जन दिने उद्देश्यले, नयाँ नयाँ कार्यक्रम तथा धारावाहिक टेलि श्रृंखलाहरु प्रशारणमा आउने भएका छन् ।
नारी समवेदनामा आधारित सामाजिक टेलिश्रृंखला ‘दृष्टि’मा भने नेपाली समाजमा महिलाले भोग्ने सुखदुःखका कथा समेटिने छन् । चर्चित निर्देशक ऋषि लामिछाने निर्देशित टेलिश्रृंखलामा सरिता लामिछाने, मिथिला शर्मा, कविता गेलाल र स्वयं निर्देशक ऋषि लामिछानेको मुख्य भुमिका रहेको छ । टेलिश्रृंखला ‘दृष्टि’ प्रत्येक शुक्रवार साँझ ८ः३० बजे रमाईलो टेलिभिजनमा प्रशारण हुनेछ ।
समाजमा घटेका अपराधिक सत्यघटनामा आधारित रहेर (सीआईबी फाइललाई आधार मानि) नाट्य रुपान्तरित कार्यक्रम ‘अपराध’ तयार पारिएको छ । रानिबारी हत्याकाण्ड, वसन्तपुर एसिड आक्रमणजस्ता घटनाको सम्पूर्ण विवरणसहित नाट्य रुपान्तरण गरिएको कार्यक्रम अपराध प्रत्येक शनिवार साँझ ८ः३० बजे रमाईलो टेलिभिजनमा प्रशारण हुनेछ ।

चर्चित हाँस्य कलाकारको अभिनय रहेको ‘एकादेशको चुरीफूरी’ र ‘लुछाचुँडी’ लगायतका हाँस्यप्रधान टेलिश्रृंखलाले दर्शकलाई पेट मिचिमिच हसाउने छन् । ‘एकादेशको चुरीफूरी’ प्रत्येक शुक्रवार साँझ ८ बजे र ‘लुछाचुँडी’ प्रत्येक शनिवार साँझ ८ बजे रमाईलो टेलिभिजनमा प्रशारण हुनेछन् ।
डिश मिडिया नेटवर्कले रमाईलो टेलिभिजनका अलावा नेपालकै पहिलो तथा एकमात्र खेलकुद च्यानल एक्शन स्पोर्टस्, नेपाली चलचित्रहरु प्रशारण हुने च्यालन प्लस मुभि, गीत संगीतका च्यानल गुञ्जन, सिने हिट्स र बलिउड बिट्स, बालबालिकाका लागि जुनियर टीभीजस्ता च्यानल सञ्चालन गरिरहेको छ । यी च्यानल डिशहोम डीटीएच र सीम टीभी डिजिटल केवल नेटवर्कमा प्रशारण भइरहेका छन् ।
‘निकट भविष्यमा मेघा धारावाहिक श्रृंखला, रियालिटी शो, लभ सिरिज, हरर र थ्रिलर सिरिज पनि निर्माण गरी प्रसारण गरिने जानकारी गराउँदछौं,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा छ, ‘नेपाली मनोरञ्जन उद्योगका दिग्गज निर्देशक, लेखक तथा प्राविधिकहरुको संग्लनतामा तयार हुने यी कार्यक्रमहरूले विदेशी कार्यक्रमहरुको स्वाद लिईरहनुभएका नेपाली दर्शकहरुलाई पनि आफ्नै मौलिक कार्यक्रमहरुले आकर्षण गर्नेछ भन्ने आशा लिएका छौं ।’
रमाईलो एचडी तथा एक्शन स्पोर्टस् एचडिका लागि ओरिजिनल ईन्टर्टेन्मेन्ट प्रालि (ओइपीएल) ले कार्यक्रम उत्पादन गर्दै आइरहेको छ । ओइपिएलले यसका अलावा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम र विज्ञापन निर्माण तथा प्रसारण गर्ने कन्टेन्ट हबको रुपमा पनि अगाडि बढिरहेको छ ।