२६ असार २०८३, शुक्रबार

महिलाले जन्माइन् मन्दिरमै बच्चा, भक्तजनको सहयोगमा अस्पताल भर्ना

महिलाले जन्माइन् मन्दिरमै बच्चा, भक्तजनको सहयोगमा अस्पताल भर्ना

सप्तरी– राजविराजस्थित राम मन्दिरमा आज साँझ एक महिलाले शिशु बालिका जन्माएकी छिन् । 

स्वास्थ्य जाँच गराउन सदरमुकाम आएकी रुपनी गाउँपालिका–३ कटैयाका रामबाबु मुखियाकी श्रीमती इनरवती मलाहिनले मन्दिरमै शिशुलाई जन्म दिएकी हुन् । स्वास्थ्य जाँच गराएर घर फर्किने क्रममा साथै आएकी जेठानी राजकुमारीले उनलाई एकै क्षण बस्न भन्दै किनमेल गर्न बजार गएकी थिइन् । 

सोही बेला सुत्केरी व्यथा लागेपछि अस्पताल लैजान नपाउँदै बच्चा निक्लिएकाले मन्दिरमा भर्जनकीर्तन गरिरहेका भक्त महिलाको सहयोगमा उनले शिशु जन्माएको प्रत्यक्षदर्शी बिसोलाल यादवले बताए । भजनकीर्तन गरिरहेका भक्तजन र स्थानीयवासीको सहयोगमा बच्चा तथा आमालाई गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल भर्ना गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्