०२ असार २०८३, मंगलबार

‘हाई प्रोफाइल’ ले नै गर्दैनन् पुस्तक फिर्ता (हाई प्रोफाइलको नामावली)

मंसिर ५, २०७५
‘हाई प्रोफाइल’ ले नै गर्दैनन् पुस्तक फिर्ता (हाई प्रोफाइलको नामावली)

काठमाडौँ–ज्ञानको भण्डार मानिने पुस्तकालयमा पुस्तक नै भएनन् भने के होला ? देशकै ठूलो पुस्तकालयका रूपमा रहेको त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयमा प्रतिष्ठित व्यक्तिले समेत पुस्तक फिर्ता नगर्दा समस्या उत्पन्न भएको छ । 
हाल पुस्तकालयले पुस्तक नबुझाउने ‘हाइ प्रोफाइल’ अर्थात् प्रतिष्ठित व्यक्तित्व भन्ने विवरण राखेर रुजु अभिलेख तयार गरेको छ । 
पुस्तक फिर्ता नगर्नेमा राष्ट्रिय योजना आयोगका पूर्व सदस्य किशोरकुमार गुरुघराना, हरिहर दाहाल, बिनु लोहनी, योगिशकृष्ण खरेल, लक्ष्मण बस्नेत, कृष्ण मल्ल, नवीन्द्रराज जोशी, कमल थापा, प्रकाशचन्द्र लोहनी, सुरेश आचार्य लगायत छन् । 
केन्द्रीय पुस्तकालयका अनुसार गुरुघरानाले सन् १९७३ अप्रिल ११ मा ‘म्याथम्याटिकल एनालाइसिस फर इकोनोमिक्स’, दाहालले बीसौँ शताब्दीका केही आधुनिक कविता, खरेलले ‘हिस्ट्री अफ पोलिटिक्स’, ‘दि युनाइटेड नेसन एन्ड डिसआरमेन्ट’, बस्नेतले नेपाली लिपि विकास, मल्लले ‘हिस्ट्री अफ इन्डिया’ फर्काएका छैनन् । त्यसैगरी जोशीले व्यवस्थापन, थापाले ‘इन्डो नेपाल रिलेसनसिप’, आचार्यले ‘स्टाटिस्टिकल इन्फरेक्स’ र ‘अ कोर्स अफ म्याथम्याटिकल एनालाइसिस’ पुस्तक फर्काएका छैनन् । 

लोहनीले ‘वाटर लेजिस्लेसन इन एसिया एन्ड दी फार इस्ट’ र ‘डेभलेपमेन्ट इन एसिया एन्ड फार इस्ट’ नामक पुस्तक फिर्ता नगरेको अभिलेख पुस्तकालयमा छ ।

पुस्तकालयको नियमअनुसार विद्यार्थीले पुस्तक लगेको २० दिन र शोधार्थी वा प्राध्यापकले ९० दिनभित्र पुस्तक फिर्ता गर्नुपर्ने व्यवस्था छ । 
पुस्तकालय प्रमुख इन्द्रप्रसाद अधिकारीका अनुसार उनीहरूले सन् १९७३ देखि १९९० को बीचमा पुस्तक लगेकाे अभिलेख छ । त्यसैगरी अभिलेखअनुसार भरतबहादुर कार्की, तोपबहादुर बस्नेत, शम्भुनारायण पाठक, प्रवीण पाठक, अमरबहादुर डाँगी, मङ्गलराज जोशी, ताराबहादुर कार्की, कृष्णमोहन श्रेष्ठ, मोहनबहादुर बस्नेत लगायतले पनि पुस्तकालयबाट पुस्तक फिर्ता गरेका छैनन् । गाेरखापत्र दैनिकमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्