
दीपिका रणवीरको विवाहपछि फ्यान्स तथा बलिउडको नजर अब प्रियंका चोपडा तथा निक जोनसको विवाहमा छ ।
यो जोडिले अहिलेसम्म विवाहको मितिको खुलासा गरेका छैनन् । तर मिडिया रिपोर्टका अनुसार विवाहको तारिख २ डिसेम्बरका लागि तय भएको छ । निक प्रियंकाको शाही विवाह जोधपुरको उम्मेद भवनमा हुनेछ । विवाह हिन्दू र किश्चियन रीति रिवाज अनुसार हुनेछ । जोडिको विवाहसँग जोडिएका केही विषयमा सार्वजनिक भएका छन् । जस अनुसार प्रियंका निक ३ डिसेम्बरमा क्रिश्चियन विवाह गर्ने छन् ।
मिड डेको रिपोर्ट अनुसार २ डिसेम्बरमा हिन्दू रीति अनुसार विवाह हुनेछ र ३ तारिखमा दुबैले क्रिश्चियन रिति अनुसार विवाह गर्नेछन् । यो दुबै कार्यक्रम एकै स्थानमा हुने जनाइएको छ ।
जोधपुरमा दुबैको विवाहको तयारी चलिरहेको छ । यो हप्ता निक जोनस परिवारका साथ भारत आउनेछन् । २५ २६ नोभेम्बरमा प्रियंकाले आफ्नो फिल्म स्काई इ पिंक को सुटिङ सक्नेछिन् । २७ तारिखमा उनी एक च्यारेटिमा सहभागी बन्ने छिन् । फेरि उनी २८ नोभेम्बरमा जोधपुर जानेछिन् र २९ नोभेम्बरबाट विवाहको तयारी शुरु हुनेछ ।
निक जोनसले भारतीय अंग्रेजी गीतमा नाच्नेछन् ।
बेहुला बेहुलीका लागि अबु जानी र संदीप खोसला लुगाको डिजाइन गरिरहेका छन् । क्रिश्चियन विवाहमा प्रियंका राफेल लाउरेनको क्रिएशन लगाउँनेछिन् ।
प्रियंकाले विवाहमा भारतीय फिल्म उद्योगका कसैलाई पनि नबोलाएको चर्चा भारतीय समाचार माध्यमहरुमा छन् । उनी विवाह समारोहलाई नितान्त निजी बनाउन चाहन्छिन् ।
तर उनका नजिकका नातेदार र भारतीय फिल्म उद्योगका केही हस्तीहरु भने विवाह समारोहमा सहभागी हुने छन् ।
निक बारेका केही तथ्य
निककको वास्तविक नाम निकोलस जेरी जोनस हो । उनको जन्म १६ सेप्टेम्बर १९९२ मा टेक्ससको डालास शहरममा भएको थियो । निक एक अमेरिकन गायक तथा अभिनेता हुन् । उनले सात वर्षको उमेरमा नै काम थालेका थिए ।
निकले २००२ मा आफ्ना बाबुसँग मिलेर पहिलो गीत जाय टु द वल्र्ड गाएका थिए । निकको आफ्नो यो पहिलो गीत स्वयं लेखेका थिए ।
२००४ मा निकको पहिलो एल्बम आयो । तर त्यसले त्यति धेरै सफता पाएन । यसपछि उनले भाइहरुसँग मिलेर जोनास ब्रदर्स नामको एक व्याण्ड बनाए । जसका चारवटा एल्बम बजारमा आए । जो निकै चर्चित भए ।
जोनस बदर्सले अमेरिकी म्युजिक अवार्डमा अवार्ड फर ब्रेकथ्रु आर्टिस्ट पपनि जिते ।
प्रियंका चोपडा भन्दा पहिला निक जोनासको नाक कयौं गायिका तथा अभिनेत्रीसँग जोडिएको थियो । निकले माइली सायरल, क्याडल जनर तथा सेलेना गोमेजसँग पनि डेट गरेका थिए ।
डेली मेलका अनुसार निकको वार्षीक कमाई २.५ मिलियन डलर अर्थात १७५ करोड रुपैयाँ छ । निकले अहिलेसम्म कुल १७ एल्बमका लागि गाएका छन् ।