२६ जेठ २०८३, मंगलबार

रुपन्देहीमा कार र मोटरसाइकल ठोक्कियो, २ जनाको मृत्यु

मंसिर ५, २०७५
रुपन्देहीमा कार र मोटरसाइकल ठोक्कियो, २ जनाको मृत्यु
फोटो : सामाजिक सञ्जालबाट

बुटवल – पूर्वपश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सैनामैनामा बुधवार भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

सैनामैनाको मुर्गियाबाट बुटवलतर्फ आउँदै गरेको बा१६च ८०१६ नम्बर कार पूर्वपश्चिम राजमार्गअन्तर्गत सोरौंलीमा विपरीत दिशाबाट आउँदै गरेको से४प ७७७५ नम्बरको मोटरसाइकलसँग ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको इलाका प्रहरी कार्यालय रन्यौंराले जनाएको छ ।

उनीहरूको उपचारका क्रममा लुम्बिनी अञ्चल अस्पताल बुटवलमा मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार बुटवल उपमहानगरपालिका वडा नं. ८ बस्ने तिलक सुनार रहेको प्रहरीले जानकारी दिएको छ । अर्का एकको पहिचान खुल्न सकेको छैन ।

salt training

कमेन्ट गर्नुहोस्