२१ जेठ २०८३, बिहीबार

छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु

काठमाडौं –  भक्तपुर, रुपन्देही,नवलपरासी९बर्दघाट सुस्ता पश्चिम० र पर्सामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ ।

भक्तपुर नगरपालिका(१ श्रृजनानगर बस स्टपस्थित सडकमा बा।६४ प ४६२ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक काठमाडौं महानगरपालिका(९ सेतोपुल बस्ने भक्तपुर नगरपालिका(७ ईनाचोका ५३ वर्षीय आशाराम दुमरुको  ईवामोरा अस्पताल सल्लाघारीमा उपचारको क्रममा मंगलबार साँझ मृत्यु भएको छ ।  

ओमसतिया गाउँपालिका(३ हेल्थपोष्ट लाईनस्थीत सडकमा लु।३ त ४८७६ नम्बरको ट्याक्टरबाट खसेका चालक सोही  ठाउँ बस्ने ३० वर्षीय  शिवकुमार पालको ट्याक्टरको टायरले किच्दा मंगलबाररातिघट्नास्थलमै  मृत्यु भएको छ । 

 नवलपरासी सुनवल नगरपालिका(१३ सुर्यवस्तीस्थित महेन्द्र राजमार्गमा ना।५ ख १०९६ नम्बरको बस सडकबाट खोल्सामा खसेर दुर्घटना हुँदा गम्भीर घाइते भएका कञ्चनपुर(३३ का लोकेन्द्र बहादुर कार्की र हाल नाम, थर, वतन नखुलेको करिब ४० वर्षीय पुरुषको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचारको क्रममा मंगलबार राति मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका चालक सहित अन्य ३८ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

बीरगंज महानगरपालिका(२० हरपतगंजस्थित सडकमा ना।४ त ४३७६ नम्बरको ट्याक्टरबाट लडेर गम्भीर घाइते भएका सोही ठाउँस्थित कोहडी गाउँ बस्ने ३० वर्षीय श्रीधर साहलाई उपचारको लागि लेजाने क्रममा मंगलबार राति बाटोमैमृत्यु भएको  छ ।  ट्याक्टर सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।     दुर्घटनाको सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्