२८ जेठ २०८३, बिहीबार

प्रकाशमानको आरोप– देउवाले चित्त बुझ्दो काम गर्नुभएन

प्रकाशमानको आरोप– देउवाले चित्त बुझ्दो काम गर्नुभएन
फाइल फोटो

रुपन्देही –नेपाली कांग्र‍ेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवाले बहुमतको आडमा पार्टीलाई विधान विपरित चलाएको आरोप लगाएका छन् ।

विधान मिच्ने अधिकार कसैलाई नभएको भन्दै उनले विधानमा दुई उपसभापति राख्ने व्यवस्था नभएको उल्लेख गरे ।

नेपाल प्रेस युनियन रुपन्देहीले बुधवार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा पूर्वमहामन्त्री समेत रहेका नेता सिंहले बीपी, गणेशमान र कृष्णप्रसाद भट्टराईले सोचेअनुसार वर्तमान पार्टी नेतृत्व जान नसकेको बताए ।

अब सबैलाई समेटेर विधान र विधिलाई अवलम्बन गर्ने नेतृत्व कांग्र‍ेसमा आवश्यक रहेको उनको भनाइ थियो । 

पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता सिंहले वर्तमान सरकार सङ्घीयता संस्थागत गर्ने पक्षमा नरहेको आरोप समेत लगाए ।

salt training

कमेन्ट गर्नुहोस्