काठमाडौं – ग्लोबल आईएमई बैंक लिमिटेडले मंगलवार गोंगबु क्षेत्रमा क्रियाशील होटल व्यवसायीकोे सहकार्यमा नेपालको कर प्रणाली तथा डिजिटल बैंकिङ सम्बन्धी वित्तीय साक्षरता एवं अन्तक्र्रिया कार्यक्रम गरेको छ ।
गोगंबु क्षेत्रमा क्रियाशील होटल तथा रेस्टुरेन्ट व्यवसायीलाई नेपालको कर क्षेत्र र नेपालको डिजिटल बैंकिङ क्षेत्रमा देखापरेका विभिन्न आयामबारे जानकारी गराउने उद्देश्यले ग्लोबल आईएमई बैंक लिमिटेडले कार्यक्रमको आयोजना गरेको थियो ।
कार्यक्रममा नेपालको कर क्षेत्रमा प्रशिक्षक तथा सल्लाहकारको रुपमा काम गर्दै आएका चार्टर्ड अकाउटेन्ट शेषमनि दाहालले नेपालको कर प्रणालीका विषयमा व्यवसायीलाई जानकारी गराएका थिए । होटल व्यवसायीबीच केहीबेर अन्तक्र्रिया समेत सञ्चालन भएको थियो ।
कार्यक्रममा नेपालको डिजिटल बैंकिङ क्षेत्रमा देखापरेका नयाँ–नयाँ आयामबारे ग्लोबल आईएमई बैंक लिमिटेडका सूचना प्रविधि विभाग प्रमुख अनिल जोशीले जानकारी गराए ।
ग्लोबल आईएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउन्टर तथा शाखारहित बैंकिङ सेवामार्फत् ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले १ सय ३२ वटा शाखा, १५ वटा राजस्व संकलन काउन्टर, १ सय ४० एटीएम, ६ वटा एक्सटेन्सन काउन्टर तथा १ सय ४ शाखारहित बैंकिङ सेवा र नेपाल बाहिर ३ प्रतिनिधि सम्पर्क कार्यालयमार्पmत् आफ्ना ९ लाख ५० हजारभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले अत्याधुनिक प्रविधियुुक्त भाइबर बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवाको साथमा अस्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि सम्पर्क कार्यालय स्थापना गरेर ती देशमा रहेका नेपालीमाझ सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, यूएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।