०६ असार २०८३, शनिबार

प्रधानमन्त्रीको ध्यान खिचेकी १२ वर्षीया गर्भवती प्रसूतिगृहमा भर्ना

प्रधानमन्त्रीको ध्यान खिचेकी १२ वर्षीया गर्भवती प्रसूतिगृहमा भर्ना

काठमाडौँ– कलिलै उमेरमा गर्भवती भएकी गङ्गामाया चेपाङलाई उपचारार्थ थापाथलीस्थित प्रसूतीगृहमा भर्ना गरिएको छ । 

मकवानपुर राक्सिराङ गाउँपालिका–३ स्थित माइतीघरमा बस्दै आएकी गङ्गामाया १२ वर्षको उमेरमा गर्भवती बनेकी थिइन् । आठ महीनाको गर्भ रहेको चिकित्सकले जनाएका छन् । उनलाई हेटौँडास्थित हेटौँडा अस्पतालबाट थप उपचारार्थ मङ्गलबार प्रसूतिगृहमा ल्याइएको हो । 


प्रसूतिगृहका निर्देशक प्रा डा जागेश्वर गौतमले भने, “हामीले उहाँको आवश्यक सबै स्वास्थ्य परीक्षण अति सूक्ष्मभन्दा सूक्ष्मरुपमा गरिरहेका छौँ, गर्भवती भएको आठ महीना देखिन्छ, अहिलेको स्वास्थ्यस्थित सामान्य रहेको छ ।” 

बीस वर्षभन्दा कम उमेरमा बच्चा जन्माउँदा आमा तथा शिशुको स्वास्थ्यलाई उच्च जोखिम मानिन्छ । निर्देशक प्रा डा गौतमले भने, “गङ्गामायाको आवश्यक सबै जाँच शुरु गरेका छौँ, यसका नतिजा आएपछि मात्र अगामी उपचारका बारेमा भन्न सकिन्छ ।” 

सो गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल र उपाध्यक्ष निर्मला हिम्डुङ्को विशेष पहलमा गङ्गामायालाई उपचारार्थ हेटौँडा अस्पतालमा भर्ना गरिएको थियो । 

कलिलै उमेरमा गर्भवती भएकी गङ्गामायाको स्वास्थ्य अवस्थाबारे प्रधानमन्त्री केपी शर्मा ओलीले समेत चासो व्यक्त गर्नुभएको थियो । प्रधानमन्त्री ओलीकै निर्देशनमा उनलाई काठमाडौं ल्याइएको थियो  । 

salt training

कमेन्ट गर्नुहोस्