
काठमाडौं– जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष दुई स्थानमा रहेको क्लबहरू मनाङ मस्र्याङ्दी र थ्री स्टार क्लबले बिहीबारको खेल आ–आफ्ले जित्ने दाबी गरेको छन् । बुधबार एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजित ‘प्री म्याच कन्फ्रेन्स’मा मनाङ–मस्र्याङ्दी क्लब र थ्री स्टार क्लबका प्रशिक्षक सुमन श्रेष्ठ र मेघराज केसीले बिहीबारको खेल आफ्नै टोलीले जित्ने दाबी गरे
लिगको उपाधि दाबेदारका रुपमा हेरिएका यी दुई टोलीबीचको खेल सातदोबाटोस्थित एन्फा कम्प्लेस सातदोबाटोमा बिहीबार दिउँसो २ बजे हुनेछ । लिगको दोस्रो चरण सकिँदा थ्री स्टार ६ अङ्क जोडेर लिगको शीर्ष स्थानमा छ । मनाङ पनि छ अङ्क जोडेर गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ । “थ्री स्टार राम्रो टोली हो, हामी बराबरी जस्तै छौँ”, मनाङका प्रशिक्षक सुमन श्रेष्ठले भने, “हामी स्पष्ट तीन अङ्कका लागि खेल्नेछौँ ।”
थ्री स्टारका प्रशिक्षक केसीले आफ्नो टोलीले हार नरुचाउने बताउँदै जीत निकाल्ने दाबी गरे । “हामी जित्नका लागि नै खेल्छाँै, उनीहरूभन्दा बढी मेहेनत गरेर तीन अङ्क लिने छाँै,” उनले भने । बिहीबार शुरु हुने तेस्रो चरणका खेलहरू शनिबारसम्म चल्नेछ ।