१० असार २०८३, बुधबार

माधव नेपालको उक्साहटमा २१ केन्द्रीय सदस्यको ज्ञापनपत्र !

मंसिर ६, २०७५
माधव नेपालको उक्साहटमा २१ केन्द्रीय सदस्यको ज्ञापनपत्र !

काठमाडाैं- नवगठित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का २१ केन्द्रीय सदस्यले महासचिव विष्णु पाैडेलमार्फत नेतृत्वलाई ज्ञापनपत्र बुझाएका छन् । 

अाजकाे नेपाल समाचारपत्र लेख्छ- अध्यक्ष केपी अाेली पक्षले भने २१ जना केन्द्रीय सदस्यलाई माधवकुमार नेपाल पक्षले नियोजितरूपमा उचालेको आरोप लगाएको छ ।

 उक्त पक्षका एक वरिष्ठ नेताले आफ्नो नाम नराखी उल्लेख गर्ने शर्तमा भने– ‘यो माधवकुमारकै उक्साहटमा भएको हो, पार्टीभित्र समीक्षा हुन्छ । भोलिको सचिवालय बैठकलाई प्रभावित पार्ने खेल हो ।’

पार्टीबीच एकता भएको सात महिना बितिसक्दा समेत नेतृत्वले सही गति लिन नसकेको आरोप लगाई उनीहरूले पार्टीको शीर्ष नेतृत्वलाई बुधबार ज्ञापन बुझाएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्