
काठमाडौं — दक्षिणपूर्वी अस्ट्रेलियामा एक भयंकर धूले आँधीका कारण आकाशै सुन्तला रंगको भएको छ र हावाको गुणस्तरमा चिन्ता उठाएको छ ।
अधिकारीहरूले बिहीवार सिड्नीका लागि सार्वजनिक स्वास्थ्य चेतावनी जारी गरेका छन् । पाँच सय किलोमिटर चौडा डस्ट ब्यान्ड शहर पुगेको छ ।
न्यु साउथ वेल्सका अन्य क्षेत्रमा देख्नै मुश्किल परेको अवस्था छ ।
माटो उडाउने चर्को हावा आँधी बनेको अधिकारीहरूले बताएका छन् ।
अगस्ट महिनाबाट न्यु साउथ वेल्स राज्य नै सुक्खाको मारमा परेकोमा आँधीले गर्दा झनै समस्या चर्किएको अस्ट्रेलियाको मौसम विभागले जनाएको छ ।
स्वास्थ्य अधिकारीहरूले स्थानीयहरूलाई घरैभित्र बस्न आग्रह गरेका छन् । विशेषगरी बालबालिका, वृद्ध र श्वासप्रश्वासमा समस्या भएकाहरूलाई घरबाहिर ननिस्कन भनिएको छ ।
बीबीसीबाट