२६ असार २०८३, शुक्रबार

प्रियंका चोपडाको नेपाली फिल्म ‘पाहुना’, यस्तो छ ट्रेलर

प्रियंका चोपडाको नेपाली फिल्म ‘पाहुना’, यस्तो छ ट्रेलर

काठमाडौं–बलिउड अभिनेत्री प्रिंयका चोपडाले निर्माण गरेको नेपाली भाषाको चलचित्र ‘पाहुनाः द लिटिल भिजिटर्स’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । पाखी ए टायरबालाको निर्देशन रहेको चलचित्र नेपाल लगायतका भारतमा डिसेम्बर ७ तारिख अर्थात मंसिर २१ गतेबाट प्रदर्शनमा आउनेछ । नेपाली भाषामा अंग्रेजी सबटाइटल राखेर ट्रेलर लञ्च गरिएको छ ।

प्रिंयका र उनकी आमा मधु चोपडाको ब्यानर पर्पल पेबल पिक्चर्सले निर्माण गरिएको चलचित्रमा नेपालमा माओबादी द्धन्द्वबाट बचेर सिक्किम पुगेका तीन बच्चाहरुको कथा वाचन गरेको छ । चलचित्रमा इसिका गुरुङ, अनमोल लिम्बु, मञ्जु केसी, शरण राई, विनोद प्रधानलगायतका कलाकारहरुको अभिनय छ । 

क्षेत्रिय भाषाका चलचित्र निर्माणलाई बढावा दिने योजना अन्तरगत प्रियंकाको कम्पनीले नेपाली भाषामा ‘पाहुना’ निर्माण गरेको हो । यस चलचित्रको निर्माणका लागि नेपाली भाषीहरूको बाहुल्य रहेको सिक्किम सरकारले पनि सहयोग गरेको छ ।

जर्मनीमा गएको महिना सम्पन्न ‘श्लिंगेल इन्टरनेशनल चिल्ड्रेन्स फिल्म फेस्टिवल’ मा ‘पाहुना’ ले अन्तराष्ट्रिय फिचर फिल्म श्रेणीमा बेस्ट सिनेमा (जुरी च्वाइस) र स्पेशल मेन्सन बाई प्रोफेशनल जुरी अवार्ड जितेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्