०७ साउन २०८३, बिहीबार

मीटू : पश्चात्ताप गरे आलोकनाथलाई माफी दिन सक्ने विन्ता नन्दाको भनाइ

मीटू : पश्चात्ताप गरे आलोकनाथलाई माफी दिन सक्ने विन्ता नन्दाको भनाइ

काठमाडौं — बलिउड अभिनेता आलोकनाथमाथि बलात्कार आरोप लगाउने लेखिका निर्मात्री विन्ता नन्दाले आफ्नो कर्ममा पश्चात्ताप व्यक्त गरेमा उनलाई माफी दिन सक्ने बताएकी छन् । 

आलोकविरुद्ध मुम्बईको ओशिवारा थानामा मंगलवार बलात्कारको मुद्दा दर्ता गरिएको हो । आलोकले सन् १९९० को दशकको टीभी शृंखला ताराकी लेखिका विन्तालाई बलात्कार गरेको आरोप छ । 

विन्ताले भनिन्, ‘मैले बदला लिनका लागि मुद्दा हालेको हैन । म उनलाई सुधार्न चाहन्छु । उनले पश्चात्ताप गर्नुपर्छ । भविष्यमा कुनै महिलालाई जबर्जस्ती उनले गर्ने छैनन् भनी मैले अनुभव गर्न पाउनुपर्छ । तर अहिले उनी लाजै पचाएर
बसिरहेका छन् । यस्तो चलिरह्यो भने म न्यायका लागि अदालत जान हिचकिचाउँदिनँ ।’ 

विन्ताले भनिन्, ‘मुम्बईका तीन प्रसिद्ध वकिल ध्रुति कपाडिया, फरानाज खारभरी र कुणाल तिवारीले मेरा लागि सित्तैमा मुद्दा लड्दैछन् । म उनीहरूमाथि विश्वास गर्छु । म आर्थिक चिन्तारहित रहेर मुद्दा लड्न सक्छु । यो मेरो एक्लैको
लडाईं हैन । धेरै महिलामाथि बलात्कार भइरहेको छ र उनीहरूको शोषण भइरहेको छ । आलोकले गरेको गलत कर्मलाई उनकी पत्नीले पनि खारेज गरेको देख्दा आश्चर्य लागेको छ । हाम्रो समाजमा महिलाहरू अझै पनि पतिको पक्ष
लिनु धर्म हो भन्ने ठान्छन् । पति गलत भएपनि उनीहरूकै पक्ष लिन्छन् पत्नीहरू ।’ 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्