०२ असार २०८३, मंगलबार

एकैदिन पूर्वमन्त्रीका २२ वटा कृति विमोचित

कात्तिक २०, २०७४
एकैदिन पूर्वमन्त्रीका २२ वटा कृति विमोचित

काठमाडौँ, १९ फागुन - वरिष्ठ समाजसेवी एवम् पूर्वमन्त्री भद्रकुमारी घलेले विभिन्न समयका अनुभवलाई सङ्ग्रह गरी लेख्नुभएका २२ वटा कृति आज एकैदिन विमोचन गरिएको छ ।

ती विमोचित पुस्तकमा आत्मवृतान्त, निबन्ध, कवितालगायतका छन् । ती कृतिमा सौन्दर्य, प्रकृति, जनसङ्ख्या, जीवनजस्ता विषयलाई बिम्ब बनाइएको छ ।

यहाँ आज आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार वसन्तकुमार शर्मा नेपालले कृतिको विमोचन गर्दै लेखिकाले आफ्ना जीवनका विभिन्न समयमा भोगेका र देखेका अनुभूतिलाई कृतिमा समावेश गरी परिश्रमबाट समृद्ध समाज निर्माण गर्न सकिने सन्देश फैलाउन खोजेको बताउनुभयो ।
उहाँले अधिकांश कृतिले महिला सशक्तीकरणका लागि प्रेरणा दिएको विचार व्यक्त गर्नुभयो ।

लेखिका घलेले नेपाली समाजलाई सही दिशानिर्देश गर्नसकेमा राजनीतिक स्थिरता कायम भई आर्थिक, सामाजिक रुपान्तरण गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा साहित्यकारहरु डा कृष्णप्रसाद दाहाल, गोपीकृष्ण प्रसाँई, लक्ष्मी उप्रेती लगायतले लेखिकाको ८६ औँ जन्मदिनको उपलक्ष्यमा भएको कार्यक्रममा उहाँलाई बधाई दिँदै उहाँको समाजसेवा र साहित्यिक व्यक्तित्वमा प्रकाश पार्नु भएको थियो । रासस

salt training

कमेन्ट गर्नुहोस्