
काठमाडौं — भारतको राजस्थानमा बेरोजगारीको भयानक पक्ष सार्वजनिक भएको छ ।
जागिर नपाएको झोंकमा चार युवकहरूले रेलबाट हाम्फालेका छन् । तीमध्ये तीन युवकको मृत्यु भएको छ ।
प्रत्यक्षदर्शीहरूका अनुसार, युवकहरूले जागिर नपाएपछि के बाँचिरहनु र भनेको सुनिएको थियो ।
अलवर जिल्लामा बस्ने ६ साथीले जागिर नपाएपछि चिन्तित भएर आत्महत्याको योजना बनाएका थिए । त्यसपछि उनीहरू शहरको एफसीआई गोदामनजिक पुगेर रेलअगाडि हाम्फाले ।
तीनजनाको घटनास्थलमै मृत्यु भएको थियो भने एकजना गम्भीर घाइते भएका छन् ।
बाँकी दुई साथी चाहिँले अन्तिम समयमा आत्महत्या गर्ने सोच परिवर्तन गरे । तिनीहरूलाई प्रहरीले सोधपुछ गरिरहेको छ ।
मनोज, नारायण, राज र अभिषेक मीणा रेलअगाडि हाम्फालेका हुन् ।
प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।
एजेन्सी