२१ जेठ २०८३, बिहीबार

बडिगाड महोत्सवमा थानेश्वरसँगै झुम्यो खार वजार

बडिगाड महोत्सवमा थानेश्वरसँगै झुम्यो खार वजार

बागलुङ-  प्रथम बडिगाड महोत्सव तथा पौंदि न्वागी मेला २०७५ को पाचौं दिन थानेश्वर गौतमको प्रस्तुती विशेष भएको छ।

दिनभर बडिगाड आइडलको मुल्यांकन गरेका गाएक गौतम गीत गाउन स्टेजमा आउँदा हुटिङले मेला नै तताएको थियो।

खार वजारमा भएको सो साँस्कृतिक कार्यक्रममा भर्सटाइल गायक भनेर चिनिने गौतमले सवैलाई नचाएका हुन्। युवा, वृद्ध सवैलाई नचाएका गौतमले गाजल लाइन छ्यौ, छमछमती पाउजुहरु वजाएर नाच, घुम्तेमुनी कौलेनी साँइली, स्यांजा गएँ पाल्पा गएँ बटौलीमा गइन, सालैजो मार्यो नी मायाले लगाएतका गित प्रस्तुत गरेको थिए।

क्लासिकल, गजल, सालैजो, लोक, आधुनिक तथा चलचित्रका गितमा समेत दख्खल राख्ने गौतमले सवै प्रकारका गित गाएका थिए।

शास्त्रीय संगित देखि झ्याउरे गितहरुको सुन्दर म्युजिक मन्जरीको रुपमा चिनिने गायक गौतमले बडिगाड तथा पौंदि वासीलाई निकै मनोरन्जन दिएका थिय।

 गौतमलाई युवाहरुको वान्समोर ले अलमल पारेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्