१३ असार २०८३, शनिबार

माछापुच्छ्रे बैंकले आफ्ना शेयरधनीलाई १० प्रतिशत नगद लाभांश दिने

माछापुच्छ्रे बैंकले आफ्ना शेयरधनीलाई १० प्रतिशत नगद लाभांश दिने

काठमाडौं – माछापुच्छ्रे बैंक लिमिटेडले गत वर्षको खुद मुनाफाबाट आफ्ना शेयरधनीलाई चूक्ता पूँजीको १० प्रतिशत नगद लाभांश वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको छ ।

बुधवार बसेको सञ्चालक समिति बैठकले उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपश्चात १० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।  

बैंकले गत आर्थिक वर्षमा १ अर्ब २४ करोड ९६ लाख रुपैंया खुद नाफा गरेर प्रतिशेयर आम्दानी १५ रुपैंया ८१ पैसा कायम गरेको थियो ।

बैंकको चुक्ता पूँजी ८ अर्ब ५ करोड रुपैंया तथा साधारण जगेडा कोषमा १ अर्ब ११ करोड रुपैयाँ सञ्चित छ ।

बैंकले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना ८६ वटा शाखा, २ वटा एक्स्टेन्सन काउन्टर लगायत ३८ शाखा रहित बैंकिङ सेवा समेत गरी जम्मा १२६ स्थानबाट ग्राहक सेवा दिँदै आएको छ ।

देशभर यस बैंकका १०५ वटा एटीएम समेत सञ्चालनमा रहेको छ ।  

salt training

कमेन्ट गर्नुहोस्