२८ असार २०८३, आइतबार

डडेल्धुरामा भएको बस दुर्घटनाले प्रधानमन्त्री  दुःखी

डडेल्धुरामा भएको बस दुर्घटनाले प्रधानमन्त्री  दुःखी

काठमाडौँ-  प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार डडेल्धुरामा भएको बस दुर्घटनाको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । 

आज ट्वीट गर्दै प्रधानमन्त्री ओलीले डडेल्धुराबाट डोटीतर्फ जाँदै गरेको विद्यालय बस दुर्घटनामा परी १८ जनाको निधन र ठूलो सङ्ख्यामा यात्रु घाइते भएको खबरले आफू अत्यन्तै मर्माहत भएको बताउनुभएको छ । उहाँले दुर्घटनामा परी ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जलि र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गर्नुभएको छ । 

salt training

कमेन्ट गर्नुहोस्