२० असार २०८३, शनिबार

.घुस दिन सकिन भन्दै राजीनामा दिएका डाक्टरले बाेली फेरे

.घुस दिन सकिन भन्दै राजीनामा दिएका डाक्टरले बाेली फेरे

काठमाडौं– चाकडी र घुसको रकम पुर्‍याउन नसकेको भन्दै राजीनामा दिएका वीर अस्पतालका न्युरो सर्जन प्राध्यापक डा. ध्रुबराज अधिकारीले गल्ती भएको भन्दै माफी मागेका छन् । 

डा अधिकारीले एक विज्ञप्ति जारी गर्दै अज्ञानताका कारण समस्या आएको भन्दै भन्दै माफी मागेका हुन् । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा भएको आफ्नो पदस्थापनमा त्यसै बेला रमाना लिइ हाजिर हुनुपर्नेमा कानूनी प्रक्रिया र प्रशासनिक विषयवस्तुको अज्ञानताबस  हाजिर हुन नगएकै कारण समस्या सृजना भएको बताएका छन् । 

उनले आफूले बुझाएको राजीनामा पत्रमा उल्लेख गरेको चाकडी र घुस मागको विषय स्वास्थ्य मन्त्री उपेन्द्र यादवप्रति लक्षित नभएको बताएका छन् । उनले बिचौलियाले भने घुस मागेको उल्लेख गरेका छन् । 

डा. अधिकारीले स्वास्थ्य क्षेत्रमा मौलाएका बिचौलियाहरुलाई समयमा नै पहिचान गरी समास्या समाधान गर्न अपिल समेत गरेका छन् । 

वीर अस्पतालमा कार्यरत न्यूरो सर्जन डा. अधिकारी गत चैतमा ८ औं तहबाट  बढुवा भइ पोखरामा पदस्थापन भएका थिए । 

तर उनी पदस्थापना भएको ठाउँमा नगइ ८ औं तहकै पारिश्रमिक लिएर वीर अस्पतालमा नै कार्यरत थिए । वीर अस्पतालमा केही समय अघि ९ औं तहमा दरवन्दी खाली भएपछि उनले आफूलाई  पुन उक्त पदमा पदपूर्ती गर्न आग्रह गरेका थिए । मन्त्रालयलले पोखरामा गएर हाजिर गरेपछि मात्रै आवश्यकताका आधारमा सरुवा गर्न सकिने बताएको थियो । तर डा. अधिकारीले  चाकडी र घुसको रकम नदिएकाले आफूलाई वीरमा पोस्टिङ नगरिएको भन्दै राजीनामा दिएका थिए ।

डा. अधिकारीले घुस र चाकडीको रकम बुझाउन नसकिएकाले राजीनामा दिएको भन्ने समाचारहरु बाहिर आएपछि स्वास्थ्य मन्त्रालयले डा. अधिकारीलाई पदस्थापन भएको ठाउँमा नगएको भन्दै कारबाही गर्ने तयारी समेत गरेको थियो । मन्त्रालयले कारबाहि गर्ने तयारी गर्दै गर्दा डा. अधिकारीले प्रेस विज्ञप्ति निकाल्दै अज्ञानताबस गल्ती भएको भन्दै स्वास्थ्य मन्त्रीसँग क्षमा मागेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्