२८ जेठ २०८३, बिहीबार

घरमा पाहुना आएका ७४ वर्षीया बृद्धले गरे १३ वर्षीया बालिकामाथि ‘बलात्कार’

घरमा पाहुना आएका ७४ वर्षीया बृद्धले गरे १३ वर्षीया बालिकामाथि ‘बलात्कार’

सप्तरी– बालिकालाई बलात्कार गरेको आरोपमा घरमा पाहुना आएका ७४ वर्षीय व्यक्ति आज पक्राउ परेका छन् । 

इन्सेक सप्तरीले ११ महिनाका अवधिमा सप्तरीमा ३३ बालिका बलात्कृत र १३ बालिकामाथि बलात्कार प्रयासको घटना भएको प्रतिवेदन सार्वजनिक गरेकै दिन बालिका बलात्कारको आरोपमा तिरहुत गाउँपालिकाका महावीर सरदार पक्राउ परेका हुन् ।

घरका परिवारका सदस्य धानबाली भित्र्याउन खेत गएका बेला सरदारले बिहीबार दिउँसो बलात्कार गरेको पीडितले बताइन् ।

पीडितका साथ राजविराज आएकी उनकी आमाले आज जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् ।

पीडितको राजविराजस्थित गनासिं सगरमाथा अञ्चल अस्पतालमा आज स्वास्थ्य परीक्षण भएको अस्पतालले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्