२५ जेठ २०८३, सोमबार

कपिलवस्तुमा प्रदेशसभा सदस्य उम्मेदवारको गोली हानी हत्या

कपिलवस्तुमा प्रदेशसभा सदस्य उम्मेदवारको गोली हानी हत्या

कपिलवस्तु– शुद्धोधन गाउँपालिका–४, मोतीभारीमा एक युवकको गोली हानी हत्या गरिएको छ । प्रदेशसभा निर्वाचनमा कपिलवस्तु निर्वाचन क्षेत्र नं. १ (ख)मा स्वतन्त्र उम्मेदवार बनेका २८ वर्षीय राजाबाबु भनिने दीपेन्द्रकुमार चौधरीको गोली हानी हत्या भएको प्रहरीले जनाएको छ । 

उनको टाउकोमा गोली लागेको छ । गोली कसले चलायो भन्ने बारे थाहा हुन सकेको छैन । शंकास्पद २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुमाथि अनुसन्धान भइरहेको छ । घटनास्थलमा गोलीका खोका भेटिएका छन् ।

स्थानीयहरुबीच विवाद हुँदा राति करिब साढे १० बजे चौधरीमाथि गोली प्रहार भएको कपिलवस्तु प्रहरीले जनाएको छ । चौधरीको शव अहिले मेडिकल कलेज भैरहवामा राखिएको पारिवारिक सौतले जनाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्