
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले शनिवार(आज) जनसभा गर्दैछ ।
पार्टी पुनर्गठन दिवसको अवसमार काठमाडौंमा जनसभाको आयोजना गरेको नेकपाले जनाएको छ ।
प्रदर्शनीमार्गको मुख्य सडकमा कार्यक्रमको लागि मञ्च बनाइएकोछ ।
सभामा देशभरबाट एकलाख कार्यकर्ता उतार्ने नेकपाले दाबी गरेको छ ।
त्यसका लागि राजधानीका विभिन्न नाकाहरुबाट नेकपाको जुलुस यतिबेला भृकुटीमण्डपतर्फ गइरहेको छ । कालिमाटी, लैनचोर र बबरमहलबाट र्याली निकालिने नेकपाले बताएको छ ।
कार्यक्रमलाई नेकपाका प्रवक्ता प्रकाण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको र पार्टीको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम रहेको नेकपाले जनाएको छ ।
कार्यक्रममा अन्य केही साना दलका नेताले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
नेकपा मालेका महासचिव सीपी मैनाली, माओवादी केन्द्रका अध्यक्ष गोपाल किराँती, नेकपाका अध्यक्ष ऋषि कट्टेलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।