![कांग्रेसमा क्रियाशील सदस्यको परिभाषा बदलिँदै, विधानमा २१ संशोधन [मस्यौदासहित]](https://lktcdn2.prixacdn.net/media/Congress_Party_Office_Sanepa_tHpaGSF9BE.jpg)
काठमाडौं – क्रियाशील सदस्यको नयाँ व्यवस्था सहित नेपाली कांग्रेसको विधान संशोधन मस्यौदा समितिले केन्द्रीय समितिमा आफ्नो प्रतिवेदन पेश गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतवार बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा महामन्त्री एवं विधान संशोधन मस्यौदा समितिका संयोजक पूर्णबहादुर खड्काले मस्यौदा पेश गरेका हुन् ।
समितिले कांग्रेस विधानमा २१ वटा मूलभूत विषय संशोधनका लागि प्रस्ताव गरेको छ ।
विधानमा कांग्रेसको साधारण सदस्यतालाई कांग्रेसको सदस्य र नवीकरण गरेपछि स्वत: क्रियाशील सदस्य रहने व्यवस्था गरिएको छ ।
विधानमा केन्द्रीय विभाग २८ र प्रदेशको विभाग २२ गरी केन्द्रीय विभागका सदस्यको संख्या ५१ पुर्याइएको छ ।
यस्तै एउटै व्यक्ति एकभन्दा बढी संघ-संस्थाको सदस्य बन्न नपाउने व्यवस्था विधानमा समेटिएको छ ।
विधान संशोधन मस्यौदामा केही सदस्यले राखेका फरक मत पनि समावेश गरिएको छ । अब बस्ने केन्द्रीय समिति बैठकले मस्यौदा पारित गरी अनुमोदनका लागि महासमिति बैठकमा लैजाने छ ।
हेर्नुहोस्, मस्यौदा :