
काठमाडौं – 'छक्का पञ्जा ३' को अपार सफलतापछि दीपकराज गिरी र दीपाश्री निरौला यतिबेला अष्ट्रेलियामा छन् ।
‘छक्का पञ्जा ३’को प्रदर्शनका लागि अष्ट्रेलिया पुगेका यी दुई सेलिब्रिटी घुमघाममा पनि उत्तिकै सक्रिय देखिन्छन् ।
घुमघामका क्रममा अष्ट्रेलियाका विभिन्न लोकेसनमा यी दुईले पोज-पोजका तस्वीर समेत लिन भ्याएका छन् ।
ती तस्वीरहरू फेसबुकमा राख्दै दीपाले लेखेकी छन्- ‘देखन राजा, सुनन राजा ।’ दीपाश्री निरौला निर्देशित चलचित्र ‘छक्का पञ्जा ३’ नेपालमा प्रदर्शनको ५१औं दिन नजिक छ ।



