
काठमाडौं — युगान्डामा रहेको भिक्टोरिया तालमा एउटा डुंगा डुब्दा त्यसमा रहेका २२ जनाको मृत्यु भएको छ भने अन्य ६० जना डुबेको आशंका गरिएको छ ।
डुंगामा लगभग सयजना रमाइलो गर्ने मानिसहरू चढेका थिए । शनिवार मौसम बिग्रिएपछि डुंगा दुर्घटनामा परेको हो ।
‘बाईसवटा लाश बरामद भएका छन् भने २६ जनालाई उद्धार गरिएको छ,’ युगान्डा प्रहरीका कारवाही निर्देशक आसुमान मुगेन्यीले आइतवार बताए ।
डुंगामा पार्टी गर्नेहरू रक्सी पिउँदै, नाच्दै अनि संगीत सुन्दै रमाइलो गराइरहेका थिए । डुंगा राजधानी कम्पालानजिक रहेको मुकोनो जिल्लामा रहेको मुतिमामा डुबेको थियो ।
द गार्डियनबाट