२५ असार २०८३, बिहीबार

सामसुङको सेवा केन्द्र सूर्यविनायकमा

सामसुङको सेवा केन्द्र सूर्यविनायकमा

सामसुङ मोबाइलको नेपालका लागि आधिकरिक विक्रेता आइएमएस केयरले भक्तपुरको सूर्यविनायकस्थित मोबाइल कम्प्लेक्समा आधिकारिक सेवा केन्द्र स्थापना गरेको छ ।

देशभर १४ वटा सेवा केन्द्र स्थापना गरेको आइएमएस केयरले सूर्यविनायकमा सञ्चालनमा ल्याएको सेवा केन्द्र १५औँ हो । सेवा केन्द्रको आइएमएस ग्रुपका अध्यक्ष दीपक मल्होत्रा, सामसुङ इलेक्ट्रोनिक्सका कार्यकारी निर्देशक युबियम वोन, आइएमएस ग्रुपका प्रमुख कार्यकारी अधिकृत दिकेश मल्होत्रा र सामसुङ इलेक्ट्रोनिक्सका जुङ्सिक (बबी) योले गरे ।

प्रमुख कार्यकारी अधिकृत दिकेश मल्होत्राले ग्राहकलाई पायक पर्ने स्थानमा विशिष्ट सेवा प्रदान गर्नु नै आफूहरूको मुख्य उद्देश्य रहेको बताए । प्रत्येक सेवा केन्द्रको स्थापनासँगै आफूहरूको प्रयत्न धेरैभन्दा धेरै स्मार्ट फोनका ग्राहकहरूलाई बिक्रीपछिको सेवा प्रदान गर्नु रहेको उनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्