२० असार २०८३, शनिबार

नेकपाको सचिवालय बैठक स्थगित

मंसिर १०, २०७५
नेकपाको सचिवालय बैठक स्थगित

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ । 

केन्द्रीय कमिटी सदस्यहरुको कार्य विभाजनका लागि गृहकार्य अपुग भएको भन्दै नेकपाको बैठक स्थगित भएको हो । 

यसअघिको बैठकले आइतबार गृहकार्य गर्ने र सोमबार सचिवालय बैठकमा केन्द्रीय सदस्यको कार्यविभाजनको टुंगो लगाउने भनिएको छ । 

नेताहरुको विज्ञता, आवश्यकताको आधारमा कार्यविभाजन गर्नुपर्ने भएकाले समय अपुग भएको जनाइएको छ । 

अधिकांश जसो केन्द्रीय सदस्यलाई भुगोलको जिम्मेवारी दिने तयारी गरिएको छ । केन्द्रीय कमिटीको कार्यविभाजनपछि मात्र पोलिटव्यूरो गठन गर्ने तयारी अध्यक्षद्वयले गरेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्