
काठमाडौं — भारतीय प्रहरीले आदिवासीको हातबाट मारिएका अमेरिकी धर्मप्रचारकको लाशको खोजी गर्न नर्थ सेन्टिनेल टापुमा खोजी गरिरहेका छन् ।
अन्डमान निकोबार टापुहरूका अधिकारीले जोन एलेन चाउ नामक ती क्रिस्चियन धर्मप्रचारकको शरीर फेला पार्न सकिन्छ कि अनि उनको हत्या गर्ने आदिवासीहरूमाथि अभियोजन गर्न सकिन्छ कि भनी सम्भावनाको खोजी गरिरहेको छ ।
छब्बीस वर्षीय चाउ १० दिनअघि नोभेम्बर १६ मा जबर्जस्ती नर्थ सेन्टिनेल टापुमा पसेपछि आदिवासीहरूले वाण हानेर उनलाई मारेका थिए ।
अमेरिकाको वाशिङटन राज्यमा बस्ने रोमाञ्चक यात्राका सौखिन चाउलाई बंगालको खाडीमा रहेको एकलासे टापुमा हत्या गरिएको हो ।
उक्त टापुमा संसारकै सबभन्दा रहस्यमयी समुदायमध्ये एकले बसोवास गर्छन् । उनको मृत्युपछि दुईवटा प्रश्न उठेका छन् ः चाउको अवशेष निकाल्न सकिन्छ त ? अनि उनको हत्यामा कसैलाई अभियोजन गर्न सकिन्छ त ?
प्रहरीले चाउको मृत्युपछि उक्त टापुमा एक हवाई सर्वेक्षण र दुई डुंगा सर्वेक्षण गरेका छन् । मंगलवार चाउको हत्याको रिपोर्ट अधिकारीहरूले पाएपछि बुधवार एउटा हेलिकप्टर टापुमाथि उडेको थियो तर त्यसले आफ्नो दूरी कायम
राख्यो । तीज हजार वर्षदेखि त्यही टापुमा बसिरहेको एकलासे कबिलाले टापुनजिक आइपुग्ने हेलिकप्टरमाथि यसअघि वाण हान्ने गरेका थिए ।
शुक्रवार प्रहरी उक्त टापुको ३०० मिटरनजिक पुगेको बताइन्छ । चाउलाई टापुको किनारसम्म पुग्न सहयोग गर्ने एक माझीलाई पनि प्रहरीले सँगै लगेको थियो । माझीले नोभेम्बर १७ मा चाउको शरीरलाई त्यहाँ गाडिएको देखेको बताए ।
द गार्डियनबाट