१० साउन २०८३, आइतबार

सिके राउतका तीनजना कार्यकर्ता पक्राउ

मंसिर १०, २०७५
सिके राउतका तीनजना कार्यकर्ता पक्राउ
फाइल तस्बिर

लहान– स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतको समर्थनमा प्रदर्शनको तयारी गरिरहेका तीन जनालाई आज सिरहा प्रहरीले पक्राउ गरेको छ । 

नवराजपुरमा प्रदर्शन गर्ने तयारी गरिरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले मिर्चैया नगरपालिका–१० का निर्मलकुमार मण्डल, सखुवानन्कारकट्टी गाउँपालिकाका रामपुकार यादव र मनिष यादवलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिए । पक्राउ परेका तीनैलाई कार्वाहीका लागि जिल्ला प्रहरी कार्यालय ल्याउन लागिएको बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्