२० असार २०८३, शनिबार

नासाले मंगलग्रहमा उतार्‍यो इन्साइट ल्यान्डर, ग्रहका बारेमा थप जानकारी प्राप्त हुने (भिडियो)

मंसिर ११, २०७५
नासाले मंगलग्रहमा उतार्‍यो इन्साइट ल्यान्डर, ग्रहका बारेमा थप जानकारी प्राप्त हुने (भिडियो)

काठमाडौं — मंग्रलग्रहका रहस्यहरू पत्ता लगाउनका लागि अमेरिकी अन्तरिक्ष नियोग नासाले सोमवार राति इन्साइट ल्यान्डर उतार्न सफल भएको छ । 

इन्साइटले मंगलको आन्तरिक संरचना पृथ्वीभन्दा कति फरक छ, पत्ता लगाउनेछ । 

इन्साइटलाई मंगलमा अवतरण हुन सात मिनेट लागेको थियो । सात मिनेटसम्म संसारभरिका वैज्ञानिकहरूले अवतरण प्रक्रिया लाइभ हेरे । इन्साइट मंगलको सतहमा पुगेपछि वैज्ञानिकहरूले हर्षोल्लास मनाए । 

नासाका प्रशासक जिम ब्राइडेनस्टाइनले इन्साइटले टचडाउन गरेको घोषणा गर्दै सबैलाई बधाइ दिए । 

मंगल पुग्नका लागि इन्साइटको गति १९ हजार ८०० किलोमिटर प्रतिघन्टा थियो । 

इन्साइटको यो मिसनका लागि ११ हजार करोड रुपैयाँ खर्च भएको छ । मंगलको सतहमा अवतरण गर्नेबित्तिकै दुई वर्षीय मिसन शुरू भएको छ । इन्साइटले मंगलभित्र हुने हलचलको बारेमा पत्ता लगाउनेछ ।

इन्साइट प्रस्थान गर्नेबित्तिकै दुई मिनी स्याटेलाइट पनि उसको पछि लागे र उसको हरेक क्षणको अप्डेट दिए । 

इन्साइटले मंगलमा हुने भूकम्पीय हलचल अर्थात् सेइस्मिक वेभका बारेमा जानकारी बटुल्नेछ ।



एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्